मोरङ २ मा सुजाता कोइरालालाई ५४ मतको अग्रता « Khabarhub

मोरङ २ मा सुजाता कोइरालालाई ५४ मतको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि मोरङ – २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सुजाता कोइरालाले ४३७० मत ल्याएकी छिन् । उनले निकटतम प्रतिद्वन्द्वीभन्दा ५४ बढी मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ४३१६ मत ल्याएका छन् ।

२०७० मा चुनाव जितेका पोख्रेललाई ०७४ मा कांग्रेस नेता मिनेन्द्र रिजालले पराजित गरेका थिए । कांग्रेसले यसपटक सुजातालाई टिकट दिएको हो । सुजाताका पिता गिरिजाप्रसाद कोइराला रहुन्जेल यो क्षेत्रबाट निरन्तर जीत निकाल्दै आएका थिए । उनको अवशानपछि भने कांग्रेस–एमालेले आलोपालो जित्दै आएका छन् ।

यस क्षेत्रमा कुल एक लाख २४ हजार सात सय २९ मतदाता रहेका छन् । त्यसमध्ये ८० हजार एक सय २७ ले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ३६ बजे

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको