साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बोहराको अग्रता « Khabarhub

साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बोहराको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देही क्षेत्र नम्बर ३ मा दीपक बोहराको अग्रता कायम रहेको छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बोहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले चार हजार नौ सय १० मत प्राप्त गरेका छन् । यतिबेला गणना भइरहेको क्षेत्र कांग्रेसको पकड मानिएको मायादेवी ७ र ८, तिलोत्तमा १४, ओमसतिया २ मा पनि बोहराले अग्रता कायम गरेका छन् ।

यसैगरी सियारी १ को पनि मतगणना सकिएको छ । मायादेवी ७ र ८ मा ४५३० मत खसेकोमा खाणको पक्षमा १९४१ र हलोलाई १४३६ मत प्राप्त भएको थियो । यता तिलोत्तमा १४ मा ४६१० मतमध्ये रुखमा १४८३ र हलोमा १९३४ मत आएको छ । यसैगरी, ओमसतिया २ र सियारी १ मा मतगणना सम्पन्न हुँदा रुखलाई १४८६ र हलोमा २२८६ मत प्राप्त भएको छ ।

यसरी दिउँसो ४ बजे सम्मको मतगणना सकिँदा बोहरा ७४७ मतले खाणभन्दा अगाडि रहेका छन् । योबीचमा एक हजार १४ मत बदर भएको छ । राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री  बोहरालाई एमाले  र जसपाको समर्थन रहेको छ । यता, गृहमन्त्री समेत रहेका खाणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राजमोलगायतले समर्थन गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ४६ बजे

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित