सुदूरपश्चिमका सबै क्षेत्रमा माओवादी केन्द्र पछाडि « Khabarhub

सुदूरपश्चिमका सबै क्षेत्रमा माओवादी केन्द्र पछाडि


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

धनगढी– आइतबार सम्पन्न प्रतिनिधि सभाको मत गणना सुरु हुँदा माओवादी केन्द्रले कुनै पनि स्थानमा अग्रता ल्याउन सकेको छैन । प्रतिनिधि सभातर्फ सुदूरपश्चिमका ४ स्थानमा माओवादी केन्द्रबाट उम्मेदवारी परेको थियो । ४ वटै स्थानमा सत्तारूढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका साझा उम्मेदवार रहेका थिए । तर कैलाली-३ मा पराजितनै भइसकेको माओवादी केन्द्र अन्य तीन स्थानमा पनि मतान्तरमा पछाडि परेको छ ।

कैलाली तीनबाट माओवादी केन्द्रका कुन्दन चौधरीले उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसकेका छन् ।कैलाली क्षेत्र नम्बर-२ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवाल उम्मेदवार रहेकोमा त्यहाँ पनि हालसम्म नागरिक उन्मुत्ति पार्टीको अग्रता रहेको छ ।

त्यसैगरी कञ्चनपुर क्षेत्र नम्बर-१ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालकी बुहारी विना मगरले उम्मेदवारी दिएकोमा सो क्षेत्रमा हालसम्म नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले अग्रता लगेका छन् ।

यसैगरी माओवादी केन्द्रले बैतडीमा सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका थिए । सो स्थानमा माओवादी केन्द्रका नरेन्द्र कुँवरले उम्मेदवारी दिएका थिए । तर हाल सम्म बैतडीमा एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता लगिरहेका छन् ।

कांग्रेस, एमालेको ५/५ स्थानमा अग्रता

प्रतिनिधि सभातर्फ सुदूरपश्चिममा नोपली कांग्रेस र नेकपा एमालेले ५/५ स्थानमा अग्रता लगेका छन् । बाजुरा बाहेक प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसक्दा नेपाली कांग्रेसले अछाम-२, दार्चुला, डडेल्धुरा तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-दुई र तीनमा अग्रता लिएको छ । त्यसैगरी नेकपा एमालेले बझाङ, बैतडी, कञ्चनपुर-१, कैलाली-४ र ५ मा अग्रता लिएको छ ।

अछाम दुईमा नेपाली कांग्रेसका पुष्प शाही, डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, दार्चुलामा दिलेन्द्र प्रसाद बडू, कञ्चनपुर-२ मा एनपी साउँद र क्षेत्र नम्बर-३ मा रमेश लेखकले अग्रता लिएका छन् ।

बझाङमा एमालेका उम्मेदवार ऐनसिंह महर, बैतडीमा एमालेका दामोदर भण्डारी, कञ्चनपुर क्षेत्र नम्बर-१ मा तारालामा तामाङ, कैलाली-४ मा लेखराज भट्ट र कैलाली-५ मा नारदमुनि रानाले अग्रता लिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको दबदबा

एक वर्षअघि दर्ता भएको नागरिक उन्मुक्त पार्टीले स्थानीय तहको निर्वाचनमा पाएको उपलब्धी रक्षा गर्दै थप सफलता प्राप्त गरेको छ ।

स्थानीय तहको निर्वाचनमा ४ पालिका जितेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा पनि आफ्नो वचस्र्व कायम राख्ने देखिएको छ । नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नम्बर-३ मा जित हाशील गरिसकेको छ, भने कैलाली १ मा जित उन्मुख र क्षेत्र नम्बर-२ मा पनि अग्रता कायम गरिरहेको छ । यो उपलब्धि नागरिक उन्मुक्ति पार्टीका लागि ठूलो सफलता हो । 

२०७४ को निर्वाचनमा कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशमलाल चौधरी भारी मतसहित विजयी भएपछि सो मतलाई जोगाउन उनले आफ्नै पत्नी रञ्जिता श्रेष्ठ (चौधरी) लाई अध्यक्ष बनाएर पार्टी गठन गरेका हुन् । नागरिक उन्मुक्ति पार्टी स्थानीय तहको निर्वाचनबाट कैलालीको ठूलो दल बनेको थियो भने । प्रतिनिधि सभामा पनि तीन स्थानमा जीत हाशील गर्न सके नागरिक उन्मुक्ति पार्टी कैलालीको ठूलो दल बन्ने छ ।

नेकपा एसलाई सन्तोष

प्रतिनिधि सभा निर्वाचनतर्फ मतगणना जारी रहँदा नेकपा एसलाई सुदूरपश्चिममा सन्तोष मिलेको छ । प्रदेशका तीन स्थानमा मात्रै उम्मेदवारी दिएको नेकपा एसले यो समाचार तयार पार्दा सम्म दुई स्थानमा अग्रता कायम गरिरहेको छ ।

डोटी, अछाम-१ र बझाङमा उम्मेदवारी दिएको नेकपा एसले डोटी र अछाम-१ मा अग्रता कायम गर्दै पार्टीका कार्यकर्तालाई सन्तोष दिइरहेका छन् ।
डोटीमा नेकपा एसका तर्फबाट पूर्व मन्त्री प्रेम आले र अछाममा वहालवाला मन्त्री शेरबहादुर कुँवरले अग्रता कायम गरिरहेका छन् । 

बझाङको सुरुवाती गणनामा भने नेकपा एसका उम्मेदवार भानुभक्त जोशी नेकपा एमालेका ऐन महर भन्दा पछाडि परेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ४४ बजे

नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ

धनकुटा– सहिदभूमि गाउँपालिका-७ साप्टिङ्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ७ सय ९०

पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य टुङ्ग्याउन गम्भीर छलफल गर्दै रवि

काठमाडौं- पहिलो महाधिवेशन सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि

पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते

काठमाडौं– भारतको पश्चिम बङ्गालस्थित हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित पेट्रोकेमिकल प्लान्टमा मंगलबार

निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो : अध्ययन

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध