कास्की १ मा एमालेको अग्रता « Khabarhub

कास्की १ मा एमालेको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कास्की निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका मनबहादुर गुरुङ पाँच हजार दुई सय ५६ मत प्राप्त गर्दै अघि छन् भने उनलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले चार हजार चार सय २६ मतसहित पछ्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले पाँच सय ५६ मत ल्याएका छन् भने भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले दुई सय ८१ मत ल्याएका छन् । उक्त क्षेत्रको प्रदेश (२) मा ११ हजार एक सय पाँच मत गन्दा दुई सय ८६ मत बदर भएको छ ।

यस क्षेत्रमा कूल ६८ हजार छ सय ३२ मत खसेकामा ११ हजार २० मतगणना गर्दा चार सय २० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जारी मतगणनामा प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका बेदबहादुर गुरुङ पाँच हजार चार सय ३० मतसहित अघि छन् भने नेपाली कांग्रेसका दीपक गुरुङले चार हजार सात सय १२ मतसहित उनलाई पछ्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्रबहादुर कार्कीले चार सय २८ मत प्राप्त गरेका छन् । त्यस्तै, हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले एक सय ४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, समानुपातिकतर्फ १० हजार पाँच सय ७० मतगणना गर्दा तीन सय १७ मत बदर भएको छ । यसमा नेकपा एमालेले चार हजार चार सय २३ मत ल्याएको छ भने नेपाली कांग्रेसले तीन हजार चार सय ११ मत ल्याएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ७५ मत, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले सात सय १५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन सय ३८ मत, नेकपा एकीकृत समाजवादीले एक सय ३८ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ को प्रदेशसभा ९२०मा नेकपा एमालेले चार हजार सात सय १५ मत, नेपाली कांग्रेसले तीन हजार छ सय ५२ मत, नेकपा माओवादी केन्द्र÷नेपाल समाजवादी पार्टीले सात सय ८८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सय १८ मत, नेकपा एकीकृत समाजवादीले एक सय २५ मत, हाम्रो नेपाली पार्टीले एक सय ४२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ५५ बजे

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा

बीपी बचाउन न्यायाधीश जनकमानले लिएको त्यो जोखिम

न्यायाधीश जनकमान : तपाईंलाई सशस्त्र जनक्रान्ति गरेको आरोप सम्बन्धमा के भन्नुहुन्छ

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार