ललितपुर २ प्रदेश सभा २ मा कांग्रेसका चित्रकार विजयी « Khabarhub

ललितपुर २ प्रदेश सभा २ मा कांग्रेसका चित्रकार विजयी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ सदस्यमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी भएका छन् । सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रकारले नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई १६३ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले भर्खरै सार्वजनिक भएको नतिजामा चित्रकारले ६ हजार ९९५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिए ।

निर्वाचन कार्यालयका अनुसार हाम्रो नेपाली पार्टीका मंगलकृष्ण श्रेष्ठले ५ हजार ९५४, राप्रपाका उम्मेदवार हसिना शाक्यले ३ हजार ७८५, नेमकिपाका महेन्द्र ब्रह्माचार्यले १ हजार १६८ मत प्राप्त गरेका छन् । जसपाका सवितकुमार महर्जनले १३६, नेश्नलिष्ट पिपुल्स पार्टीका मनिषकृष्ण जोशीले ९७, राष्ट्रिय जनमुक्ति पार्टीका रामहरि कपालीले १५८, स्वतन्त्र उम्मेदवार मधुर महर्जनले २५, विनोद शाक्यले १८ र ज्ञानीशोभा महर्जनले ६० मत प्राप्त गरेका छन् ।

४० हजार ७६७ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा सदस्यका लागि ११ जना प्रतिस्पर्धामा थिए

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ४३ बजे

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था