खयरभट्टीमा विद्युतीकरणका लागि बजेट स्वीकृत « Khabarhub

खयरभट्टीमा विद्युतीकरणका लागि बजेट स्वीकृत


७ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको खयरभट्टी क्षेत्रमा २२ किलोमिटर विद्युतीकरणका लागि बजेट स्वीकृत भएको छ। खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि ३ करोड ५० लाख रुपैयाँ स्वीकृत भएको सांसद नमुना केसीले जानकारी गराइन् ।

विद्युतीकरणका लागि नेपालगन्ज विद्युत वितरण केन्द्रले तयार पारेको अनुमानित बजेटसहित काठमाडौं पुगेकी नमुनाले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फाइल पेश गरेकी थिइन्। काठमाडौँमा रहेकी नमुनाले खयरभट्टी क्षेत्रमा विद्युतीकरणका लागि बजेट पारित भएको बताइन्।

नरैनापुर र राप्तीसोनारीका अन्य क्षेत्रमा विजुली पुर्‍याउन सफल भए पनि खयरभट्टीमा अहिलेसम्म विद्युतीकरण भएको थिएन।

खयरभट्टीसम्म करिब २२ किलोमिटर ‘११ केभी प्रशारण लाइन’ र ४.३ मिटर वितरण लाइन विस्तार गर्न तथा ३ थान ट्रान्सफर्मर जडानका लागि बजेट स्वीकृत भएको उनले जानकारी गराएकी हुन्।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : ३५ बजे

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न