काठमाडौँ – विश्वकप फुटबल सकिएको छ । यस बिचमा धेरै कुरामा बहस भएको छ । यो बहसको बिचमा अफ्रिकी देश मोरक्कोले प्राप्त गरेको सफलताको कथा पक्कै पनि महत्त्वपूर्ण हो । कतार विश्वकप इतिहासकै सबै भन्दा विवादास्पद विश्वकप भएको कुरामा विमति हुन सक्दैन ।
आप्रवासी कामदारमाथिको ज्यादतीले मानवताको खिल्ली उडाएको यसै विश्वकपको अन्त्यमा कतारका अमिरले ट्रफी लिने तयारी गरी रहेको लियोनल मेसीको पाखुरामा अरब घडी राखेका थिए ।
यस विश्वकपमा धेरैले ध्यान नदिइएको एउटा विषय भने यस विश्वकपमा उठेको छ । स्पेन र पोर्चुगल जस्ता शक्ति राष्ट्रलाई हराउँदै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको मोरक्कोको परिचयका बारे धेरैलाई ज्ञान नहुन सक्छ । विश्वकपको सेमिफाइनलमा पुग्ने मोरक्को पहिलो अफ्रिकी देश हो । यो अरब देश हो भन्ने विवाद अहिले पनि यथावतै छ ।
धेरै मोरक्कोहरु झट्ट हेर्दा अफ्रिकी भन्दा बढी अरबी जस्ता देखिन्छन् । सहारा पृष्ठभूमिका धेरै मोरक्कोबासीको भने आफूहरू माथि त्यस देशमा रङ्गभेदको नीति लागु भएको गुनासो सुन्न सकिन्छ ।
मोरक्कोको विङ्गर सोफाइन बोउफलले स्पेन माथिको टोलीको जितपछि देशको महादेशीय परिचयको बारे बहस सुरु गरेका थिए । उनले आफ्नो विजयमा संसार भरीका मुस्लिमहरूलाई बधाई दिएका थिए । उनले अरबीलाई पनि बधाई दिए । ‘यो जित तपाइहरूसँग समर्पित छ’ खेलको समाप्ति पछि उनले भनेका थिए ।
सामाजिक सञ्जालमा उनको भनाइका विषयमा आपत्ति जनाइए पछि उनले अफ्रिकी महादेशले मोरक्कोलाई पूर्ण समर्थन गरेका कारण आफ्नो भनाइलाई अन्यथा नलिन भन्दै क्षमायाचना गरेका थिए ।
त्यस भन्दा अगाडी नै नाइजेरियाका मोहम्मद बुहारीले मोरक्कोले सम्पूर्ण नाइजेरिया बासीको इज्जत धानेको बताएका थिए । मोरक्कोको सफलतापछि धेरै अफ्रिकीहरूको खुसी सामाजिक सञ्जालमा छताछुल्ल भएको थियो । उनीहरूले आफूलाई सामाजिक सञ्जालमा समेत अत्यन्त सक्रिय राखे ।
‘अफ्रिका मेरो घर हो । म मेरो घरमा फिर्ता भएको छु’ लामो समय पछि अफ्रिकन युनियनमा आबद्ध हुने निर्णय गरेसँगै सन् २०१७ मा राजा मोहम्मद छैटौँले भनेका थिए । पश्चिम सहारा क्षेत्रमा भएको तनाव पछि बाहिरिएको मोरक्को ३० वर्ष पछि सन् २०१७ मा फेरी अफ्रिकन युनियनमा आबद्ध भएको हो । यो उपस्थितिले उनीहरूको पश्चिम अफ्रिकासँग व्यापारिक कारोबार खुलेको थियो ।
त्यसो त मोरक्को अरब लिगमा पनि आबद्ध छ । यस कारण उनीहरूको सांस्कृतिक विषय सधैँ चर्चामा रहने गरेको छ । अहिले मोरक्कोको दुई विषय प्राथमिकतामा रहने गरेका छन् । पहिलो त उनीहरूको भौगोलिक परिचय । त्यो परिचय अनुसार उनीहरू अफ्रिकी हुन् । उनीहरूको सांस्कृतिक जीवन भनेको अरबीहरूसँग नै मिल्दोजुल्दो छ ।
मोरक्कोमा बर्बर जातीको उपस्थिति उल्लेख्य छ । यो जातीलाई एमीगे पनि भनिन्छ । ३ करोड ४० लाख भन्दा बढी जनसङ्ख्या भएको यस देशको कुल जनसंख्याको ४० प्रतिशत यसै जाती भएको जनाइन्छ ।
अहिले अरबीसँगै एमीगेले बोल्ने भाषा तामागाइटलाई अफिसियल भाषाको रूपमा हेर्न थालिएको छ । सन् २०१० मा कतारले सन् २०२२ को विश्वकप फुटबलको आयोजनाको अवसर पाए पछि यसलाई पनि अरेबिजम र इस्लामको जीतको रूपमा व्याख्या गरिएको थियो ।
यो प्रतियोगिता अघि बढ्दै जाँदा पान अरेबीजमको चर्चा व्यापक भएको थियो । एलजीबीटीक्यू माथिको आक्रमण र ज्यादतीका साथै मदिरामाथिको प्रतिबन्धका कारण कतार विश्वकप विवादमा नपरेको होइन ।
यस विवादको समयमा इस्लामिक तथा पान अरेबीजम राज्यले कतारको पक्षमा बलियो वकालत गरेका थिए । उनीहरूले कुनै पनि हालतमा इस्लाम कानुन र त्यस अनुसार कायम भएका मर्यादालाई खलबल पुग्न नहुने बताएका छन् । उनीहरू पश्चिमाहरू साम्राज्यवादी भएको र आफ्नो संस्कार अरबमा बलपूर्वक लाद्न खोजेको भन्दै विद्रोहमा उत्रेका थिए ।
कतारको सञ्चार माध्यमले पनि प्रतियोगितालाई इस्लामिक या अरबी दृष्टिले व्याख्या गरेको थियो । उनीहरूले सुरुवात देखि नै यसमा चासो दिए पनि संसारमा यसले खासै प्रभाव पारेन । प्रतियोगिता आयोजना भरी यसको आलोचना नै धेरै भयो ।
यसैको असर होकी एटलास लायन विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने बित्तिकै यसलाई इस्लाम र अरबहरूको सफलताको रूपमा व्याख्या गरिएको थियो ।
त्यसै अरब क्षेत्रमा ट्युनेसिया, कता र साउदी अरेबिया पहिलो चरण पार गर्न असफल रहे । अन्य फुटबल समर्थकका लागि पनि मोरक्को एउटा आदर्श देश बनेको छ । मोरक्कोको केही खेलाडीले त मैदानमा प्यालेस्टाइनी झन्डा नै फरफराएर आफूलाई अफ्रिकन भन्दा बढी अरब खेलाडीको रूपमा प्रस्तुत गरे ।
मोरक्कोले पोर्चुगललाई हराएको एक घण्टा नबित्दै त्यहाँका केही युट्युबरले त्यसलाई सांस्कृतिक युद्धको रूपमा व्याख्या गरेका थिए । धेरैका निजी युट्युबरमा पनि त्यसै ढङ्गका विषयलाई प्राथमिकता दिइएको थियो ।
ब्रदर राचीडको आफ्नो च्यानलमा ३ लाख ५० हजार भन्दा बढी फ्लोअर छन् । यी मध्येका मोरक्को टोलीका आधा खेलाडी प्रशिक्षक तथा व्यवस्थापक यसमा समावेश छन् । मोरक्कोमा जन्मिएर युरोपमा अध्ययन गरी रहेका तथा फुटबल प्रशिक्षक लिईरहेका धेरै जना पनि यसमा संलग्न छन् ।
उनकै अनुसार मोरक्कोको टोलीको डीएनए नै परीक्षण गर्ने हो पनि धेरै जना एमिगे मूलका छन् । धेरैलाई अरबी भाषा समेत आउँदैन । कोही पश्चिमा देशमा पुगेपछि आफूलाई अरबीको रूपमा प्रस्तुत गर्न चाहेको कुरा भने उनी स्वीकार गर्छन् ।
मोरक्कोको शासन प्रणाली र इस्लाम धर्मको भने धेरै नै गहिरो सम्बन्ध छ । राजसंस्था भएको मोरक्को वाक स्वतन्त्रताको सवालमा समेत कठोर हो । राजसंस्थाले आफूलाई मोहम्मदका सन्तान ठान्ने कारणले अन्य इस्लामहरूको जस्तै कठोर नीति त्यहाँ पनि नबनेका होइनन् ।
मोरक्कोको इतिहास हेर्ने हो भने यो एउटा बर्बर समुदायको देश हो । ७ औ शताब्दीमा त्यहाँ अरबीको प्रवेश भएको हो । अहिले मोरक्कोमा एमीगे, अरब, इस्लाम, यहुदी, एथेइस्ट र बाहइस छन् । इस्लाममा सिया र सुन्नी बराबर नै छन् ।
यस कारण मोरक्कोको सफलतालाई त्यहाँ एमीगे र अरबी दुवैको सफलताको रूपमा व्याख्या गरिन्छ । पान अरेबीजमको पक्षधरहरूले पनि मोरक्कोको सफलतालाई अहिले त्यसै व्याख्या गरी रहेका छन् ।
टोलीका धेरै जानको प्रोफाइल तस्बिर हेर्ने हो भने एमिगे संस्कृतिको बलियो पक्षधर भएको प्रस्ट हुन्छ । त्यसो त अन्य देशका सफलता पाउँदा यसरी सांस्कृतिक रूपमा यसको कुनै चर्चा नै हुँदैन ।
जस्तो फ्रान्स या अन्य युरोपेली देशले जितेको भए यसलाई क्रिस्चियन सफलताको रूपमा व्याख्या गर्न आवश्यक पनि मानिँदैन थियो । मोरक्कोको परिचयको बारे उठेको यो बहसलाई समीक्षकहरूले सांस्कृतिक लडाइको रूपमा लिने गरेका छन् । धेरै वर्ष अगाडी देखि मध्यपूर्व र पश्चिम अफ्रिकाको यो सांस्कृतिक लडाइलाई अहिले अझ उठाएको छ ।
इस्लाम र पान अरेबीजमको रूपमा त्यहाँको राष्ट्रिय परिचयको विवाद वर्षौँ देखि त्यत्तिकै छ । यो सांस्कृतिक लडाइमा मोरक्कोबासीले हक अधिकार, स्वतन्त्रता र अन्य आधारभूत विषयका कुरा समेत यदाकदा भुल्न थालेका छन् । जीवन स्तर माथिको लडाइ समेत भुल्न थालेका छन् । खेलकुदलाई राष्ट्रिय एकताको प्रतीक मानिए पनि मोरक्कोको सफलता पछि त्यहाँ उल्टो भएको छ ।
मोरक्कोको आन्तरिक अवस्था जस्तो भए पनि सिङ्गो संसार भने उनीहरूले प्रस्तुत गरेको खेलले मन्त्र मुग्ध छ । विविध सांस्कृतिक बहसले अफ्रिकी महादेशको फुटबल सफलता भने छायामा परेको छ ।
(श्रोत : बीबीसी)
प्रतिक्रिया