बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन आग्रह « Khabarhub

बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन आग्रह


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बुटवल–  गृहमन्त्री बालकृष्ण खाणले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन आग्रह गरेका छन् । उनले ब्याजदर नघटाए सरकारले नीतिगत हस्तक्षेप गर्ने चेतावनीसमेत दिएका छन् । 

बिहीबार बुटवलमा रूपन्देही उद्योग संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री खाणले बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर घटाउन आग्रह गरे । ‘ब्याजदर नघटाए सरकार नीतिगत हस्तक्षेप गर्न बाध्य हुन्छ,’ उनले भने । 

उद्योग क्षेत्र थला पर्दा त्यसको असर बैंक तथा वित्तीय क्षेत्रमा समेत पर्ने भन्दै गृहमन्त्री खाणले यसतर्फ संवेदनशील बन्न आग्रह गरे । ‘बैंक तथा वित्तीय क्षेत्र माथि उठ्नका लागि पनि उद्योग क्षेत्रको विकास हुनुपर्छ । यसका लागि ब्याजदर घटाउनु जरुरी छ,’ उनले भने । 

कोभिडपछि कमजोर बनेका उद्योगी व्यवसायी बैंकको चर्को ब्याजदरका कारण झनै कमजोर बनेको गृहमन्त्रीको टिप्पणी छ । उनले उद्योगी व्यवसायीहरुको संरक्षण र संवर्द्धन सरकार तथा सबै जनप्रतिनिधिहरुको साझा दायित्व भएको समेत बताए । ‘सरकार एउटा पक्ष र उद्योगी व्यवसायी अर्को पक्ष होइनन्, समस्या समाधान गर्ने सबैको साझा दायित्व हो,’ उनले भने ।

अब छिटै नयाँ सरकार बन्ने भन्दै उनले अबको सरकारको पहिलो प्राथमिकता र दायित्व आर्थिक गतिशीलता हुने बताए । उद्योगको विकास र अर्थतन्त्रलाई माथि उकास्ने काममा आगामी सरकार लाग्ने पनि उनले विश्वास व्यक्त गरे । बुटवलमा आयोजित प्रदर्शनीले उद्योगीलाई नयाँ ऊर्जा र शक्ति प्रदान गरेको पनि बताए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ५ : १९ बजे

भारतले ब्याजदर ५.२५ प्रतिशतमै कायम राख्यो

नयाँदिल्ली- मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपैयाँमाथि थप दबाब

अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

चितवन– बढ्दो गर्मीका कारण विद्युत्को माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ल्याउन तथा लिन आउने सवारीसाधनले १५

स्वर्णिमले भने- ४८ सालपछि पहिलोपटक महत्वाकांक्षी आर्थिक सुधार भएको छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनः स्थापित

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा