सियारीमा राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने « Khabarhub

सियारीमा राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको सियारी गाउँपालिकाले चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्ने भएको छ ।  सियारी गाउँपालिकाको आयोजनामा  शुत्रबारदेखि शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता हुन लागेको हो । 

विद्यार्थीहरूको बौद्धिक तथा शारीरिक क्षमता वृद्धि गर्ने तथा उनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले शैक्षिक महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।  उनले पालिकाभित्रका ४० विद्यालयका १ सय २ खेलाडीले विभिन्न खेलमा भाग लिने बताए । सियारी भित्र २५ सामुदायिक, १२ संस्थागत र ३ धार्मिक विद्यालयमा  १२ हजार बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् । 

शैक्षिक महोत्सवमा बौद्धिक तथा शारीरिक खेलकुदका कार्यक्रम समावेश गरिएको शिक्षा शाखा प्रमुख सुधीर पौडेलले जानकारी दिए ।  महोत्सवमा गणित दौड प्रतियोगिता, नेपाली वाचन, अंग्रेजी वाचन, वक्तृत्वकला, चम्चा दौड प्रतियोगिता, हस्तलेखन, चित्रकला प्रतियोगिता, दौड, हिज्जे, हाई जम्प, लंग जम्प, भलिबल, कवड्डी लगायतका खेल कार्यक्रम रहेको पौडेलले जानकारी दिए । 

कार्यक्रम पब्लिक मावि, जनता मावि र सियारी गाउँपालिकामा हुने छन् । कार्यक्रम ८ गतेदेखि १४ गतेसम्म चल्ने छ । महोत्सवको लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँनले उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका खेलकुद उपसमिति संयोजक गोपाल ज्ञवालीले जानकारी दिए । बौद्धिक कार्यक्रम पब्लिक माविमा तथा शारीरिक कार्यक्रम जनता माविमा हुने छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ७ : ३८ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।