हवाइजहाज ‘होल्ड’ हुँदा शपथ लिनबाट छुटे सांसद पासाङ « Khabarhub

हवाइजहाज ‘होल्ड’ हुँदा शपथ लिनबाट छुटे सांसद पासाङ


७ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

खोटाङ – हवाइजहाज आकाशमा ‘होल्ड’ हुँदा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ बिहिबार पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका छन् । भद्रपुरबाट हवाईजहाजमार्फत काठमाडौं जानेक्रममा काठ्माडौं पुगेपछि आकाशमै ३८ मिनेट होेल्ड हुँदा प्रतिनिधिसभा सदस्य राई पद तथा गोपनीयताको शपथ लिनबाट छुटेका हुन् ।

बिराटनगरबाट फ्लाईट ढिला हुने भएपछि प्रतिनिधिसभा सदस्य राई काठमाडौं जानका लागि भद्रपुर पुगेका थिए । जहाज आकाशमै ट्राफिक जाममा पर्दा पद तथा गोपनीयताको शपथ लिन जानका लागि १० मिनेट ढिला भएको प्रतिनिधिसभा सदस्य राईले बताए ।

बिहिबार छुटेका राई सहित अन्य प्रतिनिधिसभा सदस्यले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने छन् । राई एमालेका उम्मेदवार बिशाल भट्टराईलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राई प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जामन्त्री थिए । पद तथा गोपनीयताको शपथको अघिल्लो दिन उनले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ९ : ३९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको