विधानबाट राजसंस्था र हिन्दूराष्ट्र हटाउन राप्रपालाई निर्वाचन आयोगको निर्देशन « Khabarhub

विधानबाट राजसंस्था र हिन्दूराष्ट्र हटाउन राप्रपालाई निर्वाचन आयोगको निर्देशन

झण्डामा अंकित गाई पनि गुमाउने


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट राजसंस्था र हिन्दूराष्ट्र हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ। राप्रपाको आधारभूत मान्यता राजसंस्था र हिन्दूराष्ट्र नै हटाउन पत्र लेख्दै आयोगले निर्देशन दिएको हो।

एकता महाधिवेशनपछि बनेको राजेन्द्र लिङ्देन नेतृत्वको नयाँ कार्यसमितिले पुस १० गते निर्वाचन आयोगमा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम अद्यावधिका लागि पठाएको विधानबाट राजसंस्था र हिन्दूराष्ट्र हटाउन आयोगले भनेको हो।

विधानमा समेटिएका यी दुई विषय संविधान विपरित भएको आयोगको ठहर छ। आयोगले राप्रपालाई लेखेको पत्रमा सनातन हिन्दूराष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्ने भन्ने वाक्यांश संविधान विपरित भएकाले हटाउन भनिएको छ।

यो वाक्याम्स संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बनधी ऐन, २०७३ अनुकूल नभएको पत्रमा उल्लेख छ।

‘विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन दिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मन्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नु हुन’, निर्णयअनुसार अनुरोध भएको पत्रमा उल्लेख छ।

आयोगले राप्रपाको झण्डामा रहेको गाई समेत हटाउन निर्देशन दिएको छ। राष्ट्रिय जनावर गाईंलाई पार्टीले प्रयोग गर्न नपाउने भन्दै यस्तो निर्देशन दिएको हो।

आयोगको पत्रप्रति पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् थापाले आपत्ति जनाएका हुन्। उनले यो निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित भएको ठहर गर्दै अस्वीकार्य भएको बताएका हुन्।

सँगै उनले आयोगले पठाएको पत्रलाई वर्तमान पार्टी नेतृत्वले किन लुकाएर राखेको भन्दै प्रश्नसमेत गरेका छन्।

‘निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दूराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट गाई हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ’, थापाले ट्वीटरमा लेखेका छन्, ‘यो अस्वीकार्य छ।विगतको यस्तै निर्णय संघर्षबाट हामीले उल्टाएका थियौँ। माघ २ गते आयोगले पठाएको पत्र वर्तमान नेतृत्वले किन लुकाएर राखेको छ ?’

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : २३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई