खोटाङमा थपिए ९ कोरोना संक्रमित « Khabarhub

खोटाङमा थपिए ९ कोरोना संक्रमित


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा एकै दिन कोरोनाका ९ संक्रमित थपिएका छन् । विभिन्न स्थानीय तहमा शनिबार १५ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा सक्रिया संक्रमितको संख्या ६२ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । संक्रमितमध्ये शनिबार एक जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिया संक्रमित हाल होम आइसोलेसनमा बसिरहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १२ हजार ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । त्यसमध्ये ६६ हजार ६१२ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलव्ध छ । यस्तै, १ थान भेण्टीलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोभिड–१९ को प्रथम लहर यता जिल्लाका ३ हजार ४१ संक्रमितले कोरोना जितेका छन् । यस अवधिमा १५ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदैगएको पाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन।

संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : ०७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण