पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालत बन्द « Khabarhub

पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालत बन्द


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द रहने छन् ।

सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।

‘शर्माको असामयिक निधनमा शोक मनाउन ९ माघ नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु शोक विदाको रुपमा बन्द रहने, ’निर्णयमा उल्लेख छ ।

शर्माको बुधबार निधन भएको थियो । उनका छोरा विदेशबाट आएपछि शनिबार अन्त्येष्टि गरिएको थियो । २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ३० चैत २०५४ देखि ३० मंसिर २०५६ सम्म प्रधानन्यायाधीश रहेका थिए ।

सर्वोच्चले आफ्नो विज्ञप्तिमा शर्माले आफ्नो कार्यकालमा स्वतन्त्र न्यायपालिको मूल्य मान्यता स्थापित गर्न र न्याय तथा कानुन क्षेत्रको विकासका लागि अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : १० बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर