न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढ्यो « Khabarhub

न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढ्यो

एकैदिन ६ डिग्री तापक्रम घट्यो


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका धेरै ठाउँमा अधिकतमसँगै न्यूनतम तापक्रम घट्दा चिसो ह्वात्तै बढेको छ। केहीदिन यता पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न सकेको छैन। मौसम नखुलेपछि अधिकतमसँगै न्यूनतम तापक्रम घटेको छ।

मौसम पूर्वानुमान महाशखाका अनुसार देशका केही ठाउँको तापक्रम ६ डिग्रीसम्म घटेको छ। न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको हो।

महाशाखाका अनुसार शुक्रबार अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री सेल्सियस रहेको डडेलधुराको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री मापन गरिएको थियो।

शनिबार भने डडेलधुराको अधिकतम तापक्रम ७ डिग्री र न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ।

यस्तै शुक्रबार अधिकतम तापक्रम २१ दशमलव २ र न्यूनतम तापक्रम १० डिग्री मापन गरिएको दिपायलको तापक्रम शनिबार घटेको छ।

शनिबार दिपायलको अधिकतम तापक्रम १८ दशमलव २ र न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रंी सेल्सियसम्म झरेको छ।

यस्तै शुक्रबार काठमाडौंको अधिकतम तापक्रम १६ दशमलव १ डिग्री तथा न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री मापन गरिएको थियो।

शनिबार भने काठमाडौंको अधिकतम तापक्रम १३ दशमलव ५ डिग्री तथा न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ।

अझै केही दिन मौसम पूर्ण रुपमा नखुल्ने भएकाले चिसो बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार आइतबार केही ठाउँमा मेघगर्जनसहित वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : ०७ बजे

ईश्वर पोख्रेल मतदान स्थल पुगे, ओली जाँदै 

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि नेतृत्व चयन गर्न आज

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको

बागमती प्रदेशसभा बैठक अनिश्चित

मकवानपुर– बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र

एकैदिन तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आजको

एमाले महाधिवेशनमा भोट माग्दै गायिका ज्योति मगर (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार मंगलबार दिउँसो ४