पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा « Khabarhub

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै कीर्तिमानी ६ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आइतबार भएको खेलमा मनाङलाई जिताउन रुपेश केसी र विदेशी खेलाडी आफिज ओलावाले १–१ गोल गरे ।

प्रतियोगितामा सिँधै क्वाटरफाइनल खेलेको मनाङको लागि खेलको ६४औँ मिनेटमा रुपेश केसीले अग्रता बनाए । पुलिसका अजित भण्डारीले नियन्त्रणमा लिन नसकेको बललाई आफिजले मिलाएपछि बक्सभित्रबाट रुपेशले आकर्षक गोल गरे ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा आफिजले मनाङलाई सहज जिततर्फ बढाए । मैदानको मध्यभागबाट बल बढाउँदै आफिजले पुलिसका भोलानाथ सिलवाल र अजितलाई बिट गर्दै सहज गोल गरे ।

पहिलो हाफमा दुबै टोलीले कुनै पनि त्यस्ता गोलका अवसर बनाउन सकेनन् । दोस्रो हाफमा पुलिसका जुमनु राईले पाएको अवसर सदुपयोग गर्न सकेनन् भने मनाङका आफिज ओलावाले र अशोक थापा मगरले पाएका अवसर गुमाए ।

यसअघि प्रि–क्वाटरफाइनलमा पुलिसले सडन डेथमा आयोजक सहारा एकेडेमीलाई पराजित गर्दै मनाङसँगको भेट पक्का गरेको थियो । हारसँगै पुलिस प्रतियोगिताबाट बाहिरियो ।

राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका कारण मनाङ र पुलिसका महत्वपूर्ण खेलाडीनै खेलमा सहभागी भएनन् । पुलिसका गोलरक्षक सत्रुधन चौधरीसहित तेज तामाङ र सुमन लामा प्रशिक्षणमा छन् भने मनाङका कप्तान अन्जन विष्ट, नीतिन थापा, पुजन उपरकोटी, दिनेश राजवंशी प्रशिक्षणमा रहेका छन् ।

प्रतियोगिताका लागि मनाङले न्युरोड टिम एनआरटीका शिब गुरुङ र राजेश परियारलाई भित्राएको थियो । सोमबार संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ५ : २० बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु