‘निष्पक्ष कार्यले प्रदेश लोकसेवा आयोग विश्वसनिय छ’ « Khabarhub

‘निष्पक्ष कार्यले प्रदेश लोकसेवा आयोग विश्वसनिय छ’


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा यसले विश्वसनीयता कायम गरेको बताएका छन् ।

प्रदेश लोकसेवा आयोगको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको आज उद्घाटन गर्दै उनले निष्पक्ष, दक्ष, इमान्दार, समक्ष कर्मचारी उत्पादन गरेमा सार्वजनिक प्रशासनमा सबैको विश्वास आर्जन सफल हुने बताए ।

उनले प्रदेश सरकारले आगामी दिनमा आयोगको आन्तरिक कार्य सञ्चालनमा रहेको समस्या समाधान गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले आयोगले आफ्नो कार्य समस्यारहित ढंगले छिटो छरितोरुपमा सम्पादन गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आयोगलाई जनमुखी, विश्वसनीय र सक्षम बनाउन आवश्यक सहयोग गर्ने बताए । उनले जनशक्ति, कानुन र पूर्वाधार अभावबीच आफ्नो दायित्व सफलतापूर्वक सम्पन्न गरेकोमा आयोग धन्यवादको पात्र रहेको उल्लेख गरे ।

मुख्यमन्त्री राईले आयोगले विवादरहित ढंगले दत्तचित्त भएर कार्यमा लाग्नुपर्नेमा जोड दिँदै स्वास्थ्यलगायत अन्य आवश्यक जनशक्ति नियुक्त गर्ने सम्बन्धमा बाधा फुकाउन सरकारले अध्ययन गरिरहको जानकारी गराए ।

उनले संघको निजामती ऐन जारी नभए पनि प्रदेश निजामती ऐनमार्फत के–कसरी आवश्यक कर्मचारी पदपूर्ति गर्ने भन्ने सम्बन्धमा आवश्यक सुझाव दिन आग्रह समेत गरे । मुख्यमन्त्री राईले संघीय सरकारले अनुदानको बजेट रकम अत्यन्त कम, राजस्व संकलन सीमित दायराका कारण सरकारले अपेक्षित रुपमा आफ्नो दायित्व पूरा गर्न नसकेकामा गुनासो व्यक्त गरे ।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले संघीय सरकारको समायोजन ऐनलाई टेकेर खाली भएका माग अनुसार कर्मचारी पदपूर्ति गर्न सकिने धारणा राखे ।

प्रदेश लोकसेवा आयोगका सचिव यज्ञराज कोइराला र सदस्य सजना दाहालले भौगोलिक दूरीका कारण आयोग उत्तीर्णहरुले नियुक्ति लिन नआएकालाई प्राथमिकता दिनुपर्ने, परीक्षामा अनियमितता गर्नेलाई कालो सूचीमा राखी सबै प्रदेशको आयोगको परीक्षामा रोक लगाउनुपर्ने र प्रदेशका स्थानीय निकायले लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : ३७ बजे

१२ दिनमा ४२२ विपद्का घटना

काठमाडौँ– वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका

उत्पादन सुरु गर्ने मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई आयोजनाको व्यापारिक

आईपीएल: : राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदरावादले ९ बल बाँकी हुँदै गर्यो पूरा

जयपुर- इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा सनराइजर्स

पर्यटकको पर्खाइमा थोरङ फेदी

मुस्ताङ– समुद्री सतहदेखि ५ हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास

भिमफेदी कारागारका १३३ कैदीबन्दी अझै फरार

मकवानपुर– मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै