‘निष्पक्ष कार्यले प्रदेश लोकसेवा आयोग विश्वसनिय छ’ « Khabarhub

‘निष्पक्ष कार्यले प्रदेश लोकसेवा आयोग विश्वसनिय छ’


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा यसले विश्वसनीयता कायम गरेको बताएका छन् ।

प्रदेश लोकसेवा आयोगको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको आज उद्घाटन गर्दै उनले निष्पक्ष, दक्ष, इमान्दार, समक्ष कर्मचारी उत्पादन गरेमा सार्वजनिक प्रशासनमा सबैको विश्वास आर्जन सफल हुने बताए ।

उनले प्रदेश सरकारले आगामी दिनमा आयोगको आन्तरिक कार्य सञ्चालनमा रहेको समस्या समाधान गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले आयोगले आफ्नो कार्य समस्यारहित ढंगले छिटो छरितोरुपमा सम्पादन गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आयोगलाई जनमुखी, विश्वसनीय र सक्षम बनाउन आवश्यक सहयोग गर्ने बताए । उनले जनशक्ति, कानुन र पूर्वाधार अभावबीच आफ्नो दायित्व सफलतापूर्वक सम्पन्न गरेकोमा आयोग धन्यवादको पात्र रहेको उल्लेख गरे ।

मुख्यमन्त्री राईले आयोगले विवादरहित ढंगले दत्तचित्त भएर कार्यमा लाग्नुपर्नेमा जोड दिँदै स्वास्थ्यलगायत अन्य आवश्यक जनशक्ति नियुक्त गर्ने सम्बन्धमा बाधा फुकाउन सरकारले अध्ययन गरिरहको जानकारी गराए ।

उनले संघको निजामती ऐन जारी नभए पनि प्रदेश निजामती ऐनमार्फत के–कसरी आवश्यक कर्मचारी पदपूर्ति गर्ने भन्ने सम्बन्धमा आवश्यक सुझाव दिन आग्रह समेत गरे । मुख्यमन्त्री राईले संघीय सरकारले अनुदानको बजेट रकम अत्यन्त कम, राजस्व संकलन सीमित दायराका कारण सरकारले अपेक्षित रुपमा आफ्नो दायित्व पूरा गर्न नसकेकामा गुनासो व्यक्त गरे ।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले संघीय सरकारको समायोजन ऐनलाई टेकेर खाली भएका माग अनुसार कर्मचारी पदपूर्ति गर्न सकिने धारणा राखे ।

प्रदेश लोकसेवा आयोगका सचिव यज्ञराज कोइराला र सदस्य सजना दाहालले भौगोलिक दूरीका कारण आयोग उत्तीर्णहरुले नियुक्ति लिन नआएकालाई प्राथमिकता दिनुपर्ने, परीक्षामा अनियमितता गर्नेलाई कालो सूचीमा राखी सबै प्रदेशको आयोगको परीक्षामा रोक लगाउनुपर्ने र प्रदेशका स्थानीय निकायले लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : ३७ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल