अझ जिम्मेवार भएर कार्यसम्पादनमा जुट्न गृहमन्त्रीको निर्देशन « Khabarhub

अझ जिम्मेवार भएर कार्यसम्पादनमा जुट्न गृहमन्त्रीको निर्देशन


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसा योग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा पनि आफ्नो दायित्व पूरा गर्दै आएको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले आम नागरिकको जीवन रक्षा तथा विषम् परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, उद्धार, राहत वितरणलगायतका क्षेत्रमा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

उनले कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा रहेर एपिएफ अस्पतालमार्फत् संक्रमितहरुको उपचारमा पुर्याएको योगदानले धेरैले पुनर्जन्म पाएको स्मरण पनि गरेका छन् ।

गृहमन्त्री खाँणले सशस्त्र प्रहरी बल, नेपालले हर्षोल्लासका साथ मनाइरहेको २१ औँ सशस्त्र प्रहरी दिवस विशेष अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई अझ कटिबद्ध र क्रियाशील रहँदै जिम्मेवारीपूर्वक कार्यसम्पादनमा जुट्न निर्देशन पनि दिएका छन् ।

त्यसक्रममा उनले कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बस्नेतलाई योगदानको सम्मान गर्दै उनकी श्रीमती लक्ष्मी र छोरा जनकराजलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : ५६ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल