अधिकांश कर्मचारीलाई कोरोना भएपछि सोमबारबाट ललितपुर महानगरपालिका बन्द « Khabarhub

अधिकांश कर्मचारीलाई कोरोना भएपछि सोमबारबाट ललितपुर महानगरपालिका बन्द


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर महानगरपालिकामा सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएको छ ।

महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै कोरोनाको नयाँ भरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको र यसबाट महानगरपालिकामा कार्यरत कर्मचारीहरु र जनप्रतिनिधिहरु समेत संक्रमित भई उपचार एवं होम आइसोलेशनमा रहेको जनाएको छ ।

यसरी अधिकांश कर्मचारीहरु संक्रमित भई नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको र आलोपालो प्रणालीबाट सेवा व्यवस्थापन गर्न सक्ने स्थिति समेत नरहेको अवस्थालाई मध्यनजर गरी सोमबारदेखि शुक्रबारसम्म (५ दिन) महानगरबाट प्रवाह गरिने अत्यावश्यक सेवा (स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स्, सरसफाई, नगरप्रहरी) बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सूचनामा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : २८ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल