प्रभावकारी बन्दै सुनौलो हजार दिनभित्रका आमा कार्यक्रम « Khabarhub

प्रभावकारी बन्दै सुनौलो हजार दिनभित्रका आमा कार्यक्रम


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा एकल महिला र जेष्ठ नागरिकको सेवा व्यस्त छन् । उनी कोरोनाको बढ्दो संक्रमण होस् वा जुम्लाको माइनस डिग्रीको चिसोमा होस् सतर्कता अपनाउँदै जनताको सेवामा तलिनन् भएकी हुन् ।

उनी यतिवेला ‘सुनौलो हजार दिनभित्रका आमासँग र जेष्ठ नागरिकसँग उपाध्यक्ष’कार्यक्रम लियर गाउबस्तीमा व्यस्त छिन् ।

तिलाका गाउँबस्तीमा पुगेर एकल महिला र जेष्ठ नागरिकका समस्यादेखि सुनौला हजार दिनका आमालाई चाहिने आवश्यक पोषण र पोषिलो खाना कुरासहित पोषणको महत्वबारेमा जानकारी गराउँदै आएकी छन् ।

‘पालिकाका नौ वटै वडामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भएको छ । गाउँबस्तीमा पुगेर जनताको सेवा गर्ने मेरो कर्तव्य हो,’ उपाध्यक्ष बुढाले भनिन्,‘कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखि पालिकाका स्वास्थ्यकर्मी लिएर उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ बस्तीमै पुग्ने गरेकी हुँ । ’

त्यस्तै उपाध्यक्ष बुढाको नेतृत्वमा सञ्चालितल आमासँग उपाध्यक्ष कार्यक्रमले यहाँका महिलालाई सचेत बनाएको तिला २ की आश्मा रावतले बताइन् ।

यो प्रशिक्षणले हामीलाई पोषण र पोषिलो खानेकुरा खानका लागि निकै राहत पुगेको छ । उनले भनिन्, ‘यो कार्यक्रमले स्वास्थ्यचौकीमा सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ । उनले भनिन्, ‘स्वास्थ्यकर्मीको टोली सहित उपाध्यक्ष गाउँमै पुगेर सुत्केरी महिलाको अध्यान दिनु पर्ने कुराको बारेमा बुझाउनु हुन्छ ।’

‘पहिलो वर्ष फिल्टर बाडेका थियौँ । दोस्रो वर्ष अण्डा, तेल र साबुन बाँड्यौँ । तेस्रो वर्ष पोषिलो कोशेली लिएर गाउँ पुगेका छौँ ’उपाध्यक्ष बुढाले भनिनन् । अहिले गर्भवती तथा सुत्केरी आमालाई पोषिलो खानेकुरा बनाउनका लागि गाउँगाउँमा पुगिरहेको उनले बताइन् । पोषिलो कोसेली स्वरुप धान उत्पादन नहुने क्षेत्रमा स्थानीय जातको मार्सी चामल, धान उत्पादन हुने क्षेत्रमा चना दिइएको उनले जानकारी दिइन् ।

अहिले जेष्ठ नागरिकलाई हर्लिक्स, कपडा, तोरीको तेल दिने गरिएको उनले बताइन् । आमा र बच्चाको पोषण अवस्था सुधार गर्न आमालाई जिम्मेवार बनाउनुपर्छ भन्ने सुझाव सहित यो वर्ष सचेतना फैलाउन गाउँमै पुगेको उनले बताइन् ।

‘सुरक्षितरूपले सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्ने, नियमित जाँच गर्दै खानपानमा ध्यान दिनुपर्ने,बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउनका लागि हरेक आमा तयार हुनुपर्नेजस्ता सन्देश दिइएका छौँ । यहाँ उत्पादित अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको प्रयोग गर्नुपर्छ भन्ने सन्देश बोकेर गाउँका महिलाई सचेत गराइरहेका छौं’ उनले भनिन् । स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी, माछामासु, अण्डाजस्ता पोषिलो खानेकुराको प्रयोग गर्न अत्यावश्यक रहेको उनले बताइन् ।

तिला गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत हरेक वडामा सुनौलो हजार दिनभित्रका आमासँग भेटघाट र पोषिलो खानेकुराको महत्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावतले जानकारी दिइन् ।

जबसम्म महिला सचेत हुँदैनन्, तबसम्म कुपोषणको चक्र तोड्न नसकिने भएकाले गाउँपालिकाले ल्याएको कार्यक्रम निकै समयानुकूल भएको महिला स्वास्थ्य स्वयंसेविका गोइली बुढाले बताइन् । पालिका भित्रका सुनौलो हजार दिनभित्रका आमाको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पोषणको महत्वका बारेमा सहजीकरण गरिएको छ ।

त्यस्तै तिला गाउँपालिकाको महिला तथा बालबालिका शाखाले १, २ ,३ ५, र ७ वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसहित सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताइन् । जाडोबाट बच्नका लागि ज्येष्ठ नागरिकलाई टोपी र हर्लिक्स प्रदान गरिएको हो । पालिकाका सबै वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसहित सम्मान कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १० : ३० बजे

१२ दिनमा ४२२ विपद्का घटना

काठमाडौँ– वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका

उत्पादन सुरु गर्ने मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई आयोजनाको व्यापारिक

आईपीएल: : राजस्थानले दिएको २२९ रनको लक्ष्य हैदरावादले ९ बल बाँकी हुँदै गर्यो पूरा

जयपुर- इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा सनराइजर्स

पर्यटकको पर्खाइमा थोरङ फेदी

मुस्ताङ– समुद्री सतहदेखि ५ हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास

भिमफेदी कारागारका १३३ कैदीबन्दी अझै फरार

मकवानपुर– मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै