आज चार प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना « Khabarhub

आज चार प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही क्षेत्रमा वर्षा भएको छ । पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका बाँकी पहाडी भूभागमा बदली रहेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी प्रदेशका पहाडी भूगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको आँकलन गरिएको छ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । सूदूरपश्चिम,कर्णाली र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ०७ बजे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर