मानसिक समस्या भएकी महिलाको उद्धार « Khabarhub

मानसिक समस्या भएकी महिलाको उद्धार


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- चन्दननाथ नगरपालिकाको महिला शाखा, तातोपनी गाउँपालिका, स्थानीय प्रशासन र ओसी एमसीले मानसिक स्वास्थ्य समस्या भएकी जुम्लाकी एक महिलाको उद्धार भएकाे छ ।

करिब एक दशकदेखि मानसिक स्वास्थ्य समस्या भएकी तातोपानी गाउँपालिका-३ लिताकोटकी ३५ वर्षीया लाउरी रोकायाकाे उद्धार गरिएकाे हाे । उनी सडकमै बस्दै आएकी थिइन । जिल्ला प्रशासन कार्याल, तातोपानी गाउँपलिका, चन्दननाथ नगरको महिला शाखा र ओसी एमसीको सहयोगमा उद्धार गरी उनलाई कर्णाली प्रदेशको मानव सेवा आश्रममा पठाइएको छ ।

आर्थिक अभाव र आफन्त कोही नभएकाले उनको दैनिकी सडकमै बितिरहेकाे थियो । चन्दननाथ नगरपालिको महिला शाखामा कार्यरत पुष्पा थापा र जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईको पहलमा उनलाई कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको ओसीएमसीले एक महिना १२ दिनसम्म नि:शुल्क उपचार गरेकाे थियो ।

उपचारपछि उनकाे स्वास्ठथ्यमा केही सुधार भएको छ । समयमै औषधि खुवाउने मान्छे नभएकाले दीर्घकालिकन व्यवस्थापानको लागि मानवसेवमा आश्रममा पठाइएको हाे । गाउँपालिकाले महिलाको व्यवथापनको लागि एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकाे छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १२ : ५४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको