उच्च गोलकर्ताको दौडमा फ्रेन्ड्सका फ्रान्कोइस् अगाडि « Khabarhub

उच्च गोलकर्ताको दौडमा फ्रेन्ड्सका फ्रान्कोइस् अगाडि


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो खेलमा च्यासल युथ क्लबलाई २-१ अन्तरले पराजित गर्दै शीर्ष डिभिजन लिगको हैसियत कायम राखेको फ्रेन्ड्स क्लबका फरवार्ड जामोउल एन्थोनी फ्रान्कोइस् जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।

निर्णायक मानिएको खेलमा च्यासललाई पराजित गर्दा दुई गोल गरेका फ्रान्कोइस् उच्च गोलकर्ताको शीर्ष स्थानमा रहे । ट्रिनीडाड एन्ड टोभागोका फरवार्डले पछिल्ला ६ खेलमा सात गोल गरेका हुन् । उनी पछिल्लो ६ खेलमा लिग विजेता मछिन्द्र फुटबल क्लबविरुद्ध मात्र गोलविहीन बने । भारतीय आई लिग खेलिसकेका फ्रान्कोइस् पहिलो पटक नेपालमा लिग खेल्दै छन् ।

सुरूवाती खेलबाट नै फ्रेन्ड्स क्लबको प्रतिनिधित्व गरेका फ्रान्कोइसले थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबविरुद्ध भने चोटका कारण खेलेनन् । दोस्रो खेलमा संकटा क्लबविरुद्ध समेत ४१ मिनेट मात्र खेले ।

जारी लिगमा एक खेल बाँकी रहँदा फ्रेन्ड्सले रेलिगेसन टारिसकेको छ । फ्रेन्ड्सलाई रेलिगेसनबाट बचाउन उत्कृष्ट प्रदर्शन गरेका फ्रन्कोइस्‌ले ८३६ मिनेट खेलेका छन् । उनले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र च्यासलविरुद्ध समान दुई गोल गर्दा एनआरटी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबविरुद्ध समान एक गोल गरेका छन् ।

समान ६ गोल गरेका आफिज ओलावाले र सुनिल बल फ्रान्कोइसलाई पछ्याउने क्रममा छन् । मनाङबाट खेलिरहेका नाइजेरियाली फरवार्ड र मछिन्द्रबाट खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर दुबैले समान ६ गोल गरेका छन् ।

एक खेलमा दोहोरो पहेंलो कार्ड र एक खेलमा चोट बोकेर एक मिनेटमात्र खेल्नु आफिजको लागि घाटाको विषय रह्यो । आफिजले दोहोरो पहेंलो कार्डका कारण मछिन्द्रविरुद्ध निलम्बनमा रहे भने एपीएफ फुटबल क्लबविरुद्ध चोटका कारण पहिलो मिनेटमै मैदान छाडे । पछिल्लो खेलमा भने एनआरटीविरुद्ध ४६ मिनेटमा मैदान प्रवेश गरे ।

आफिजले घरेलु मैदान पोखरा रंगशालामा च्यासल युथ क्लबविरुद्ध ह्याट्रिक गर्दा हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सातदोबाटो युथविरुद्ध समान एक एक गोल गरे ।

यता, २४ वर्षीय सुनीलले समेत उच्च गोलकर्ताको दौडमा आफूलाई समेत राखेका छन् । पहिलो पटक मछिन्द्रको जर्सीमा देखिएका सुनीलले पहिलो खेलमै एनआरटीविरुद्ध दुई गोल गरेका थिए । यस्तै सुनीलले शेर्पा, मनाङ, नेपाल पुलिस र च्यासल युथविरुद्ध समान एक-एक गोल गरेका छन् ।

यस्तै पाँच गोल गर्नेमा नवप्रवेशी सातदोबाटो युथ क्लबका मार्टिन अजयी र एपीएफका आशिष लामा छन् । यस्तै चार गोल गर्नेमा सात खेलाडी छन् ।

लिग विजेता मछिन्द्रका विमल घर्ती मगर, फ्रेन्ड्सका नाथनियल जुनियर गार्सिया, पुलिसका सुमन लामा, शेर्पाका मुतम्बा पिस्टोन, मनाङका अन्जन विष्ट, एनआरटीका मेसोउके ओलोमोउ र आर्मीका जर्ज प्रिन्स कार्कीले समान चार गोल गरेका छन् ।

यस्तै आठ खेलाडीले तीन गोल गर्दा १९ खेलाडीले दुई गोल गरेका छन् । यता, एक गोल गर्ने ४७ खेलाडी रहँदा चार खेलाडीले आत्माघाती गोल गरेका छन् ।

लिगको अन्तिम चरणको खेल भोलि (बिहीबार) बाट सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको सर्वाधिक गोलकर्तालाई ‘गोल्डेन बुट’ ले सम्मान गर्नेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  २ : ०६ बजे

मतदातालाई राजेन्द्र लिङ्देनले भने– ८ वर्षअघिको अवस्था सम्झिनुस्, केही भएको छैन नभन्नुस् 

झापा– राप्रपा अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी

पञ्चकन्या माविमा हस्तकला प्रतियोगिता

टक्सार– स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँ

इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं- इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या

मध्यपूर्वको तनावले ओली चिन्तित

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा