प्रचण्ड भन्छन्– प्रतिक्रान्तिहरु फेरि पुरानै सत्ता उल्ट्याउने कोसिस गरिरहेका छन् « Khabarhub

प्रचण्ड भन्छन्– प्रतिक्रान्तिहरु फेरि पुरानै सत्ता उल्ट्याउने कोसिस गरिरहेका छन्


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रान्तिहरु फेरि पुरानै सत्ता उल्ट्याउन कोसिस गरिरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरु यसरी नै सत्ता उल्ट्यान प्रयास गर्ने गरेको लेखेका छन् ।

‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन्’, उनले लेखेका छन्, ‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’

अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धन भत्कने आशंका बढाइरहेका बेला प्रचण्डको यो भनाई आएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले संघीय संसदमा एमसीसीलाई टेबल गरेपछि अहिले माओवादी र एकीकृत समाजवादी विपक्षमा उभिएका छन् । यहीकारण देउवाले पछिल्लो दिनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भेटघाटको क्रम बढाइरहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  २ : ४० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको