काठमाडौँका ए डिभिजन फुटबल क्लबलाई सहयोग | Khabarhub Khabarhub

काठमाडौँका ए डिभिजन फुटबल क्लबलाई सहयोग


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महनगरपालिकाले काठमाडौँका ए डिभिजन क्लबलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

पछिल्लो दुई वर्षदेखि महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका ए डिभिजन क्लबलाई १०–१० लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।

यसलाई निरन्तरता दिँदै काठमाडौँका पाँच क्लबलाई १०–१० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

महानगरले संकटा क्लब, मनाङ मस्र्याङ्दी, हिमालयन शेर्पा, न्यूरोड टिम एनआरटी र मच्छिन्द्र क्लबलाई रकम हस्तान्तरण गरेको हो ।

अघिल्लो सिजनमा काठमाडौँमा रहेका ६ क्लबलाई महानगरपालिकाले रकम दिएको थियो । तर, सरस्वती क्लब बी डिभिजनमा झरेपछि यो पटक पाँच क्लबले रकम पाएका हुन् ।

कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले फुटबल क्षेत्रलाई प्रोत्साहन गर्नका लागि महानगरले सहयोग गरेको बताए ।

त्यस्तै, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लवहरूको खर्च बढ्दै गएको र लिग महँगो हुँदै गएको अवस्थामा महानगरको योगदानले क्लबहरूलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

महानगरले चाँडै बी र सी डिभिजनका क्लबलाई पनि सहयोग गर्ने भएको छ । अहिले यसका लागि प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : १९ बजे

तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइयो

काठमाडौं– मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइएको

केही नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको

इजरायलका प्रधानमन्त्री नेतन्याहु न्यूयोर्क प्रस्थान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका