बेसीशहर नगरपालिकाको मनास्लु सडक कालोपत्रे « Khabarhub

बेसीशहर नगरपालिकाको मनास्लु सडक कालोपत्रे


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – बेसीशहर नगरपालिका-७ स्थित मनास्लु मार्ग कालोपत्रे गरिएको छ । बेसीशहर नगरपालिकाको ६० प्रतिशत लगानी र स्थानीयको ४० प्रतिशत लगानीमा २ सय २ मिटर सडक कालोपत्रे भएको हो ।

मनास्लु मार्ग निर्माण उपभोक्ता उपभोक्ता समितिका अध्यक्ष गौबहादुर गुरुङका अनुसार बेसीशहर नगरपालिकाको ६ लाख रुपैयाँ र स्थानीयको ४ लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा सडक कालोपत्रे गरिएको हो ।

सडक बर्खामा हिलो र हिउँदमा धुलो हुँदा स्थानीयलाई आवातजावत गर्न समस्या थियो । धुलो हुँदा मुख छोपेर हिँड्नुपर्ने र हिलो हुँदा खाली खुट्टा नै हिँड्नुपर्ने बाध्यता थियो । अहिले सडक कालोपत्रे भएपछि सहज भएको उपभोक्ता समितिका कोषाध्यक्ष रत्नकुमारी गुरुङले बताइन्।

सडकको उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले स्थानीय सरकार आएपछि नागरिकको जीवन परिवर्तन भएको बताए ।

उपमेयर लक्ष्मीदेवी अधिकारीले नागरिकले थालेको काममा नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताइन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ८ : १४ बजे

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको