अफगानिस्तानलाई सहयोग गर्न इमरान खानको आह्वान « Khabarhub

अफगानिस्तानलाई सहयोग गर्न इमरान खानको आह्वान


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले इस्लामिक देशहरुसमक्ष अफगानिस्तानलाई सहयोग गर्न आह्वान गरेका छन् । ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ ओइसीको विदेश मन्त्रीहरुको ४८ औँ सम्मेलनलाई सम्बोधन गर्दै उनले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना गरिरहेका चुनौति र समस्याका बारेमा अध्ययन गर्न समेत आग्रह गरे ।

उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका हुन् ।

पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार यस सम्मेलनमा विश्वव्यापी तथा क्षेत्रीय राजनीतिक एवं अन्य मुद्दाहरु, एजेण्डामा छलफल भइरहेको छ ।

त्यस सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री खानले लामो हिंसात्मक द्वन्द्वपछि हाल तालिबान सरकार रहेको अफगानिस्तानमा अहिले नै मानवीय सहायताको खाँचो परेको र यसका लागि सहयोग गर्नु इस्लामिक देशहरुको कर्तव्य पनि भएको बताए ।

उनले अगानिस्तानमाथि लगाइएका विभिन्न खालका प्रतिबन्ध तथा नाकाबन्दीहरुलाई हटाउन र त्यहाँका नागरिकलाई परेको आवश्यकताको खाँचो पूरा गर्न सबै इस्लामिक देशहरु लाग्नका लागि पनि आग्रह गरेका थिए ।

गत वर्षको अगष्ट महिनामा इस्लामिक लडाकु समूह तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँ मानवीय संकट बढेको बताइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ११ : ३४ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम