त्रिकोणात्मक श्रृंखला : खराब ब्याटिङको निरन्तरता « Khabarhub

त्रिकोणात्मक श्रृंखला : खराब ब्याटिङको निरन्तरता


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यसै साता नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई श्रृखला खेल्यो । आयोजक यूएईसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) सहभागी लिगमा नेपालले दुई खेल जित्दा दुईमै हार ब्यहाेर्याे ।

नेपालले पीएनजीविरुद्ध दुबै खेलमा जित निकाल्यो भने यूएईविरुद्ध हार ब्यहाेर्याे । दुबै खेलमा नेपाल खराब ब्याटिङको सिकार भयो । खेलाडीले धैर्यता गुमाउँदा टिमले ठुलो साझेदारी पाउन सकेन र यो श्रृंखला समग्रमा विर्सनलायक नै रह्यो ।

पहिलो खेलमा नेपालले पीएनजीलाई संघर्षपूर्ण खेलमा चार बल बाँकी रहँदा दुई विकेटको हरायो । जितका लागि २०४ रनको लक्ष्य पाएको नेपालले ४९ ओभर दुई बलमा आठ विकेट भेट्याएर पूरा गर्‍याे ।

दोस्रो खेलमा नेपाल यूएईसँगै ४८ रनले पराजित भयो । नेपाली बलर सामू चल्न नसक्दा यूएईले १६८ रनको लक्ष्य प्रस्तुत गर्याे । तर, नेपालका खेलाडीले धैर्यता गुमाउँदा ३५ ओभर एक बलमा मात्र १२० रन बनाउँदा सबै विकेट गुमायो । रोहित पौडेलले सर्वाधिक ४६ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शून्यमा पेभिलियन फर्किए ।

तेस्रो खेलमा समेत नेपाल पुनः घरेलु टोली यूएईसँग ९९ रनले पराजित भयो । २०२ रनको लक्ष्य पछ्याएको नेपाल कुनै पनि समय खेलमा आफ्नो प्रभाव जमाउन सकेन । ३५ ओभर एक बलमा नेपालले सबै विकेट गुमाउनुअघि जम्मा १०३ रन जोड्यो । यस खेलको हारपछि भने प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप छामिछानेले पूरा प्रदर्शनबाट असन्तुष्टि जनाउँदै टोलीमा ठूलो परिवर्तनको खाँचो भएको जनाए ।

श्रृंखलाको चौथो तथा अन्तिम खेलमा नेपालले पीएनजीलाई सात विकेटले पराजित गर्याे । १७३ रनको लक्ष्य पछ्याएको नेपाली टिमले ३७ ओभरमा जम्मा तीन विकेट गुमाई सो लक्ष्य पुरा गर्‍याे।

यूएईविरुद्ध पराजित भएपछि नेपाली टोलीका कप्तान सन्दीपले खेलाडीले धैयर्ता राखेर नखेलेको र रन बनाउन आत्तिएको प्रतिक्रिया दिए ।

‘ब्याटिङमा हत्तारिरहेका छौं । रन बनाउन आत्तिरहेको छौं । धैर्यता राखेर खेल्नुपर्छ । मलाई लाग्छ दुई सय रन कुनै ठुलो लक्ष्य छैन ।’ २१ वर्षीय कप्तान सन्दीपले भने ।

यता, प्रशिक्षक पुबुदु समेत पहिलो पटक हेरेको टिम र अहिलेको टिमको प्रदर्शनमा धेरै फरक भएको र केही परिवर्तनको खाँचो भएको जनाउँछन् । ‘पहिलेको टिमको प्रदर्शन र अहिलेको टिमको प्रदर्शन एकै छैन । धेरै फरक छ ।’ दोस्रो पटक नेपाली टिम हेरिरहेका पुबुदुले भने ।

यस पटक श्रृखलामा नेपालका ओपनरदेखि शीर्ष क्रमका ब्याटर नै चल्न सकेनन् । यस्तै, मध्यक्रमका ब्याटरले समेत टोलीलाई सहायता प्रदान गर्न सकेनन् । युवा खेलाडी कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ज्ञानेन्द्र मल्ल जस्ता खेलाडी नचल्दा नेपाली टिमले खराब प्रदर्शन बेहोर्नु पर्‍याे   ।

धैर्यताको कमी, गैरजिम्मेवारी ब्याटिङ, तालमेलको कमी, साझेदारीमा कमजोर, शीर्ष ब्याटर नचल्नु जस्ता गल्तीका कारण नेपाली टिमले यूएईविरुद्ध दुबै खेल हार्नुपर्‍याे   ।

कप्तान सन्दीप टिमको प्लानमा धेरे चेन्ज गर्नुपर्ने र केही कुरा सार्वजनिक गर्नु पनि उपयुक्त नहुने बताउँछन् । यस्तै, उनी नयाँ श्रृखलाका लागि टिमको ब्याटिङ लाइनमा परिवर्तन गर्नुपर्ने बताउँछन् ।

‘हामीले जानि जानि गल्ती गरेका छैनौँ । तर, भइरहेको छ । हामीले जति चाडो यो समस्या ठिक गर्याै । बुझ्न सक्यौं त्यति नै चाडो रिजल्ट निस्कन्छ ।’

‘सबैले राम्रो खेल्नुपर्छ र सबैले टिमको लागि सोच्नुपर्छ । टिमको बलिङ धेरै राम्रो छ । ब्याटिङमा धेरै परिवर्तन हुनुपर्छ । आउने श्रृखलामा केही चेन्ज हुनुपर्छ ।’ सन्दीप भन्छन् ।

खराब प्रदर्शन बाबजुद नेपाली टिम आज (बुधबार) स्वदेश फर्कदै छ । यसपछि नेपालले घरेलु मैदानमा पीएनजीसँग एकदिवसीय शृंखला र त्रिदेशीय टी–२० शृंखला खेल्दैछ । जसको लागि प्रशिक्षक पुबुदुले टोलीमा केही परिवर्तन समेत गरेका छन् ।

उनले केही नयाँ खेलाडीलाई स्थान दिँदै पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र विकेट किपर विनोद भण्डारीलाई टिम बाहिर राखेका छन् । अब, पुबुदुको लक्ष्य फेरि एक पटक धर्मराएको नेपालको ब्याटिङ लयलाई फर्काउँदै घरेलु मैदानमा दुबै श्रृखला जित्नु हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  २ : १२ बजे

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा