ओलीको प्रतिवेदन : मधेसमा एमालेप्रति क्रेज देखियो, अब देशको राजनीतिक शक्ति सन्तुलन बदल्छ « Khabarhub

ओलीको प्रतिवेदन : मधेसमा एमालेप्रति क्रेज देखियो, अब देशको राजनीतिक शक्ति सन्तुलन बदल्छ


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तराई मधेसमा पार्टी प्रति ‘क्रेज’ बढेको भन्दै एमाले अध्यक्ष केपी ओलीले भावी दिनमा मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने दाबी गरेका छन् । बुधबारदेखि काठमाडौँमा सुरु केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा सो विषय उल्लेख गरेका हुन् ।

‘विगतमा निर्वाचन र सो भन्दा अगाडिदेखि नै नेकपा एमालेका विरुद्ध भ्रमपूर्ण प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसै कारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई मधेसमा एमालेप्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ’ प्रतिवेदनमा भनिएको छ ।

तराई मधेसका जिल्लाहरुमा एमालेप्रति बढेको आकर्षणले ‘राष्ट्रिय राजनीतिबाट जातीय क्षेत्रीय संकीर्णता, दुर्भाव र विखण्डनका प्रवृत्तिलाई निस्तेज पार्न र राष्ट्रिय एकतालाई अझ खँदिलो बनाउन पनि ठूलो सहयोग पुग्ने’ दाबी गरिएको छ ।

ओलीले पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेको विषयलाई ‘खास अर्थ र सन्देश’ रुपमा लिनुपर्ने निर्देशनसमेत दिएका छन । ‘सत्ता स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लुम्मै डुबेको माओवादी नेतृत्व (प्रचण्ड) प्रति मोहभंग भएर त्यसबाट अलग हुँदै एमालेमा आबद्ध हुने जुन राष्ट्रब्यापी लहर चलेको छ, यसको खास अर्थ र सन्देश छ’ प्रतिवेदनमा उल्लेख छ ।

एमालेलाई छलकपटपूर्ण ढंगले सरकारबाट विस्थापित गरिएको विषयलाई उनले पुनः राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘पार्टी प्रतिपक्ष अवस्थामा रहेको, एमालेलाई कमजोर पारियो भन्ने भ्रम सिर्जना गर्दै पार्टीविरुद्ध राजनीतिक र मनोवैज्ञानिक आक्रमण वा घेराबन्दी पारिएको बेला गठबन्धन आवद्ध पार्टीबाटै ठूलो सङ्ख्यामा एमालेमा प्रवेशको यो परिघटनाले एमालेप्रति अपार आकर्षणलाई प्रतिबिम्बित गरेको छ ।’

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : ४८ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट