जम्मू कश्मीरमा सुरक्षा फौजको कारवाहीमा एक आतंककारी मारिए « Khabarhub

जम्मू कश्मीरमा सुरक्षा फौजको कारवाहीमा एक आतंककारी मारिए


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित जम्मू कश्मीरमा भएको मूठभेढमा एक आतंककारीको ज्यान गएको छ । भारतीय सेनाले जनाएअनुसार जम्मू कश्मीरको गन्दरवाल क्षेत्रमा भएको मूठभेढमा आतंककारी मारिएको भारतीय सेनालाई उद्धृत गर्दै भारतको समाचार संस्था एएनआईले जनाएको छ ।

सुरक्षा फौजले ‘अपरेशन काउबाग’ को नामबाट सैनिक कारवाही गरेको जनाएको छ । कारवाहीका क्रममा छापा मार्दा घटनास्थलमा केही आतंककारीहरु फेला परेको र उनीहरुले सुरक्षा बलमाथि अन्धाधुन्द गोली प्रहार गरेपछि जवाफी कारवाही गरेको भारतीय सेनाको भनाइ छ ।

दोहोरो गोली हानाहानमा एक आतंककारी हताहत भएको बताइएको छ । घटनास्थलबाट सुरक्षा फौजले ठूलो परिमाणमा हातहतियार र गोलीगठ्ठा पनि फेला पारेको एएनआईले जनाएको छ ।

जम्मू कश्मीरमा बेलाबेला सुरक्षाकर्मी र आतंककारीबीच मूठभेढ हुँदै आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : १९ बजे

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका