‘मुठीदानले बेसहाराका लागि आश्रम चलाइरहेका छौँ’ | Khabarhub Khabarhub

‘मुठीदानले बेसहाराका लागि आश्रम चलाइरहेका छौँ’


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२०६९ सालमा स्थापना भएको मानव सेवा आश्रमले असहायको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको माध्यमबाट नेपाललाई नै सडकमुक्त नेपाल निर्माण गर्ने उद्देश्यले स्थापित आश्रमले विभिन्न जिल्लामा शाखा कार्यालयसमेत गठन गरेको छ । संस्थाले अहिलेसम्म असहाय बालबालिका र हजारौँ घरबारविहीन मानिसको उद्धार गरिसकेको छ । ‘बाटोमा देख्ने आमाबुबा मानिसलाई खानेकुरा दियो, भोलि त्यही अवस्थामा देख्दा मन नराम्ररी कुँडिन्थ्यो । जसका कारण दीर्घकालीन रूपमा उहाँहरूको उद्धार गर्नुपर्छ भन्ने सोच आयो,’ मानव सेवा आश्रमका संस्थापक एवं मोटिभेशनल स्पिकर रामजी अधिकारी भन्छन्, ‘जसबाट सुरुमा ५ जना आमाबुबालाई राखेर मानव आश्रमको स्थापना गर्‍यौँ । सुरुवाती चरणमा आमाबुबालाई ख्वाउन कत्तिको लात पनि खाइयो, कत्तिले मुठ्ठी माग्दा बोरा भरिने गरी पनि दिनुभयो ।’ यसै सन्दर्भमा संस्थापक रामजी अधिकारीसँग खबरहबका लागि विद्या लामाले गरेको कुराकानीको सम्पादित अंश :

संस्थाको संस्थापक हुनुहुन्छ, यसरी संस्था स्थापना गरेर काम गर्नुको उद्धेश्यबाटै कुरा सुरु गरौँ न ?
२०६९ मा मानव सेवा आश्रमको स्थापना भएको भएको हो । मानव सेवा आश्रमबाट नै मेरो परिचय बनेको हो । यस सस्ंथाको स्थापनादेखि नै म अभियन्ताको रूपमा आबद्ध रहदैँ आएको छु । मानव सेवा आश्रम ७ वटै प्रदेशको १९ जिल्लामा लगभग २९ वटा केन्द्रका रूपमा शाखा विस्तार गरेका छौँ । सबैमा गरेर एक हजार ६ सय जना आमाबुबा, दाजुभाइ दिदीबहिनीलाई उद्धार गरेका छौँ ।

तपाईको बाल्यकाल समग्रमा कस्तो रहयो ?
अरुको जसरी नै मेरो पनि बाल्यकाल बित्यो । म एउँटा मध्यमवर्गीय परिवारमा जन्मिएको हुँ । मेरो जन्मथलो गोरखा हो । म सानैदेखि अरुका लागि केही गर्नुपर्छ भन्ने सोच राखेर हिड्थेँ । आफनो लागि त जसले पनि गर्छ समाजको लागि केही योगदान दिनुपर्छ भन्ने भावना जहिले पनि रह्यो । आमाबुबाको संस्कारमा पनि त्यसको प्रभावमा रहरे होला जस्तो लाग्छ । आज अभियन्ताको रूपमा आफनो जिवनलाई अगाडि बढाइरहँदा म अरु भन्दा पृथक थिएँ कि जस्तो लाग्छ ।

उच्च शिक्षा कहाँबाट हासिल गर्नुभयो ?
एसएलसी मेरो गृह जिल्लाबाट पास गरेको हुँ । त्यसपछि म काठमाडौँमा आएर उच्च शिक्षा हासिल गरँ । विद्यालयमा अध्ययन गर्ने क्रममा शिक्षकहरूले तथा आफन्तले ठूलो मान्छे बन्नुपर्छ भनेर दिनुहुने उपदेशले पनि केही हदसम्म मानवसेवा लाग्नको लागि प्रेरित गरेको हुन् सक्छ।

आश्रमको सुरुवात गर्दा कतिको कठिनाई सामना गर्नुपर्‍यो ?
सुरुमा आश्रम सुरु गर्ने सोच नै थिएन् । अभियन्ताका रूपमा हामी लागिरहेकाथ्यौँ । सोही क्रममा भावनाको रूपमा सुरुवाता गरेका हौँ । बाटोमा देख्ने मानिसलाई खानेकुरा दियो भोलि त्यहीँ अवस्थामा देख्दा मन नराम्ररी कुडिन्थ्यो । अब उहाँहरूलाई दीर्घकालीन रूपमा बाच्न पाउने अधिकारको संरक्षण गर्नुपर्छ भन्ने सोच आयो । गासँ, बास र कपासबाट कसरी उम्काउन सक्छौँ भन्ने कुरा भयो । कतिपय आमाबुबा तथा मानिसलाई राख्नको लागि वृद्धाश्रम र अन्य सेवा केन्द्रमा राख्न आग्रह गत्यौँ । तर मानसिक सन्तुलन भएका व्यक्तिलाई भने कुनै पनि संस्थाले लिन मानेनन् । त्यसमा पनि जो मान्छेको परिचय थिएन उनीहरूलाई राख्नका लागि पनि आनाकानी भइरहन्थ्यो । जसले गर्दा आफैँलाई किन उनीहरूले बाच्ने अधिकार छैन भन्ने सोच आयो ।

आमा बुबाका लागि उचित बास राख्न दिने अवस्था थिएन् । साचोँ जीवनका निमार्णका काय हाम्रो अभियानका क्रममा सर्वोत्कृष्ट जिवन शाश्वत चिन्तनको साचोँ जीवनका निमार्णका र चरित्र निमार्णका अभियानहरू चलाउने क्रममा १ वर्ष पुरा गरेको अवसरमा हामीले २०७० मा मानव सेवा आश्रमको स्थापन गत्यौ । वर्षगाठँ मनाउने क्रममा स्वभाविक रूपमा कुनै पनि आर्थिक स्रोत हामीसगँ थिएन । सुरुवाती दिनमा ५ जना आमाबुबालाई सडक पेटीबाट उठाएर आश्रममा ल्याएका थियौँ । उहाँलाई ख्वाउन त्यहाँको घर भाडाको लागि समस्या त हुन्थ्ँयो । सोही क्रममा हामी अभियन्ता सबै मिलेर रकम र खान सकंलन गर्न जान्थ्यौँ । कतिपय ठाउँमा हामीले सोचेको भन्दा बढी सहयोग पनि पायौँ । कत्ति ठाउँमा मुठीको ठाउँमा मुक्का पनि प्रहार भयो । अपशब्द बोलेर हामीलाई नै हत्साहित बनाउने काम भयो । तर पनि हामीले कहिल्यै हार खाएनौँ । हाम्रो यात्राका क्रममा सुख दुःखको दुबैको मिश्रित समायोजनको अनुभुति गर्न पाइयो ।

आजको दिनसम्म पनि हामीसँग सहायता उपलब्ध गराउने कोही हुनुहुन्न । हामी वैदेशिक डोनरको सहयोग स्वीकारदैँनौ। नितान्त नेपाली परोपकारी मनहरू तथा राज्यका तीनै तहका सरकारलाई उहाँहरूको अभिभावक तपाईहरू हो भनेर सरकारका तर्फबाट पनि प्रयास सहयोग लिइरहेका छौँ । थोरै सरकारको सहयोग र परोपकारी मानवता प्रेमी मनबाट हामीले आर्थिक रूपमा जुटाउँदै आएका छौँ ।

सरकारबाट साथ–सहयोग कत्तिको पाउनुभएको छ ?

हरेक नेपालीले खाना बस्न पाउनु भनेको सविंधानको मौलिकहक हो । जसका कारण आश्रम स्थापना भएको ५, ६ वर्ष मुठीदान रूपमा उठाएर चलायौँ । हामी त सरकारको सहयोगी बनेर यो अभियान चलाएका हौँ । सधैँ सरकारले गरेन भनेर बस्नु भन्दा पनि एउटा जिम्मेवार नागरिक भएर हामीले पनि आफनो तर्फबाट गर्नुपर्छ । त्यसपछि के सोच आयो भने आफनो आनन्दका लागि मात्र गर्ने हो जरुरी हुदैन देशव्यापी अभियानकै रूपमा अगाडि बढाउने हो भन्ने सरकारलाई अभिभाकत्वको महसुुुस गराउनुपर्छ र राज्यका तीनै तहलाई घच्घच्याउनुपर्छ भन्ने सोच आयो ।

हामी सोही अनुरूप लाग्यौँ । तीनै तहको सरकार संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारले नि सहयोय अपेक्षित मानव मुक्त समाजको हाम्रो अनुरोधलाई नेपाल सरकारले आफनो निति तथा कार्यक्रममा समायोजन गरेर ग¥यो । सो पश्चात धेरै थोरै जति छुटाउनु पर्ने त्यो त छैन तर पनि सकारात्मक रूपमा लिएका छौँ ।

आश्रममा असहाय वृद्धावुद्धा बालबालिका पुनर्मिलन पनि गराउनुहुन्छ ? यस्ता कुरालाई कसरी अगाडि बढाइरहनुभएको छ ?

विशेष गरी हामी सडक पेटी र सार्वजनिक स्थलमा रहनुभएका बेसहारा मानिसहरूलाई आश्रम ल्याएर उद्धार गर्ने गछौँ। अहिले त मानव आश्रमको आफनै परिचय बनेको छ । जसका कारण कुनै बेसहारा व्यक्तिलाई सडकमा देखियो भने मानव आश्रमलाई खबर गर्नुपर्छ भन्ने प्रहरी स्थानिय जनप्रतिनिधि र स्थानिय व्यक्तिमा त्यो भावना जागृत भइसकेको अवस्था छ । हामी अभियानता पनि प्रत्येक शनिबार बेलुका साढे ७ बजेदेखि लगभग ९ साढे १० बजेसम्म रात्रिकालीन सडक सेवा भनेर हाम्रो नियमित उद्धारको कार्य हुन्छ ।

अन्य दिनमा पनि हामी अभियान्ताहरू दिउँसोको समयमा बाटोमा हिड्दै गर्दा आफनो काम विशेषले हिड्दा पनि कोही व्यक्ति सडक पेटी र सार्वजनिक स्थलमा छ कि भनेर हाम्रो निगरानी निरन्तर रहन्छ । उहाँहरूलाई देखेको खण्डमा प्रहरी स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर आश्रममा ल्याउँछौँ । प्रक्रिया पुरा गरेर आश्रममा उद्धार गर्ने व्यवस्था गछौँ । उहाँहरूलाई उद्धार गरेर आश्रममा ल्याइसकेपछि सबैभन्दा पहिलो हामीले गर्ने काम भनेको प्रेमको अँगालोमा बाँध्ने काम गछौँ । हामीले जुन मानव भएपछि सेवा भावका साथ इज्जत दिनुपर्छ सेवा भावका साथ त्यो पट्टी हाम्रो ध्येय रहन्छ । उहाँहरू विस्तारै घुलमिल हुन थालेपछि हामीहरू उहाँहरूलाई परामर्श दिन्छौँ ।

त्यसपछि परिवार पत्ता लागेको अवस्थामा पुनर्मिलन गराउँछौँ । आजको दिनसम्म हामीले २६ सयको हाराहारीमा व्यक्तिहरूलाई परिवारसगँ पुनर्मिलन गराउन सफल भएका छौँ । यहाँ मात्र नभएर बंगलादेशका ५ जना नागरिकहरूलाई त्यही गएर पारिवारिक पुनर्मिलन गराएका छौँ । यस्तै सयौँ भारतीय नागरिकलाई भारतमै गएर पनि उहाँहरूको परिवारसँग पुनर्मिलन गराउन सफल भएका छौँ । जुन एउटा मानव भएका गर्न पाएकोमा खुसी लाग्छ । पारिवारिक पुनर्मिलन हुन नपाएका व्यक्तिलाई भने आश्रममा नै उहाँहरूको लौरोको सहारा बन्छौँ । यतिखेर मानव सेवा आश्रममा २ सय जना बाबु नानीहरू हुनुहुन्छ । ४० जना भन्दा बढी त आश्रममा नै जन्मिनु भएको छ । मानसिक सन्तुलन गुमाएर महिलाहरू सडकमा पुग्छन् विभिन्न कारणबाट उनको गर्भ रहन्छ । उहाँहरूलाई आश्रम ल्याउछौँ यसरी हाम्रो सेवाहरू अगाडि बढीरहेको छ ।

जब मानिसलाई सडकमा अचेत अवस्थामा देख्र्दा कस्तो महसुस गर्नुहुन्छ ?
सडकमा अचेत अवस्थामा देख्दा दुख र पीडा लाग्छ । कोही दिदीबहिनीलाई देख्छौँ कोही आमाबुबा, दाजुभाइलाई देख्छौँ । यदि मेरो परिवारको सदस्य त्यही अवस्थामा भए के हुन्ँथ्यो भन्ने प्रश्न पनि आउँछ । विश्वनै हाम्रो एक परिवार हो भन्ने भावना मनमा आउँछ ।जब सडकमा पुगेर अरुले फालेको खानेकुरा खादैँ गरेको देखिन्छ मनमा करुणा त स्वभाविक रूपमा हामी सबैमा आइनै हाल्छ । जो मानिसमा मानवता प्रेमी भावनाले ओतपोत हुुनुहुन्छ मलाई मात्र होइन उहाँहरूलाई पनि सो दृष्यले करुणा भाव आउँछ जस्तो लाग्छ ।

मानव सेवा गरिरहनुभएको छ । अर्कातिर मोटिभेशनल स्पिकर पनि हुनुहुन्छ । कसरी व्यक्तित्व विकास गर्नुभयो ?
हाम्रो देशको शिक्षा पद्धति घोकन्ते छ । त्यसमा मैले पनि मेरो जीवनको २६ वर्ष स्वअध्ययन नै सबैभन्दा ठुलो चिन्तन रैछ । आत्माआलोचना हुनुपर्ने रैछ भन्नेको कुराको विकास भयो । त्यही क्रममा स्वाध्यन चिन्तन मनन्बाट आफूलाई अगाडि बढाउन सफल भएँ । अहिले सबै ठाउँहरूबाट खबर गर्नुहुन्छ । अनुरोध गर्नुहुन्छ हामीले जानेका कुरा, अनुभुति गरेका उहाँहरूसगँ बाड्ने गछौँ ।

एकातिर शाखाहरू विस्तार हुने क्रममा छन् । आफनो परिवारलाई पनि समय दिनुप¥यो । कतिको सहज छ व्यवस्थापन गर्न ?
यी कुराहरूलाई व्यवस्थापन गर्न सहज छ । दुईवटा कुरा हुन्छ एउटा वेवास्तापन अर्को व्यावस्थापन । सुन्दा यी २ शब्द उस्ता उस्तै लाग्छ तर फरक छ । जति जिवनको वेवास्तापन बढ्दै जान्छ त्यति जीवन असहज र असामान्य हुदैँ जान्छ । जति व्यवस्थापन बढ्दै जान्छ जिवन सरल सहज भइहाल्छ । सायद आफूमा पनि निर्भर रहन्छ । कुन रोज्ने वेवास्तापन कि व्यवस्थापन ? मसगैँ मेरो सिंगो परिवार नै आश्रमको सेवामा समाहित हुनुहुन्छ । हामीसबै जना मिलेर सेवामा अगाडि बढिरहेका छौँ । त्यही कारण अलिकति सजगता भइसकेपछि अहिले त्यस्तो कुनै अप्ठ्यारो व्यवस्थापन गर्न गाहो छैन ।

अहिलेको युवा पुस्तामा समाजसेवा प्रतिको मोह कस्तो पाउनुभयो ?
अहिलेको युवा पुस्तामा समाजसेवा प्रतिको मोह राम्रो छ । कोरोना महामारीका बेला युवाहरूमा देखिएको मानवताको भावना एकदम बढरहेको छ । अहिले सामाजिक शिक्षाको पढाइ ब्याचलर अफ सोसियल वर्क बीएस डब्लुको पढाईतर्फ पनि धेरै युवाहरूको रुचि बढ्दै गइरहेको देखेको छु । तर एउटा कुरा के हो भने सेवा भनेको निस्वार्थ हुुनुपर्छ । सेवामा कुनै अपेक्षा हुनुहुदैँन । सेवालाई व्यापारिक दृष्टिकोणले हेरिनुहुदँैँन् । यदि तपाई सेवालाई क्यारियर बनाउन चाहानुहुन्छ आनन्द लिन चाहान्छौँ भने तपाइले आफनो व्यक्तिगत इच्छा आंकाक्षा त्याग्नुपर्ने हुन्छ । अहिले समाजसेवाप्रति सबैको चासो र चिन्ता बढ्दै गएको त छ । तर देखावटी प्रवृतिको रूपमा देखिएको छ । यसले सही दिशातर्फ उन्मुख हुदैन भन्ने मलाई लाग्छ ।

आश्रमको शाखाविस्तार गर्दै हुनुहुन्छ ?
अहिले मानव सेवा आश्रम १६ वटाजिल्लामा सञ्चालित नै छ । अब हामी ३ वटा जिल्लामा विस्तारै गर्दैछौँ । विशेषगरी झापाको काकडँभिट्टा मधेश प्रदेशको जनकपुर र बाँकेजिल्लाको नेपालगञ्जमा आश्रम विस्तार गर्दैछौँ । बढीमा एक महिनाभित्रमा हाम्रो शाखाहरू औपचारिक रूपमा विस्तार हुने क्रममा रहेको छ । हाम्रो लक्ष्य भनेको २०८२ साल भित्र हाम्रो देश नेपाललाई सहयोग अपेक्षित सडक मानव मुक्त राष्ट्र नेपाल घोषणा गर्ने र त्यसको कार्यान्वयन गर्ने गरी हाम्रा सेवा कार्यहरू अगाडि बढिरहेकाछन् । तयारीमा छौँ ।

विगत र आजलाई हेर्दा के फरक अनुभुति पाउनुभयो ?
अब, आउने भाद्र १० गते १ दशकपुरा गर्दैै छ । हाम्रो आश्रम स्थापन भएको १० वर्ष पुरा भएर ११ वर्षमा प्रवेश गर्छ । सुरुवात गर्दा सेकेण्ड ह्याण्ड थाल, चम्चा जम्मा गरेर २ वटा प्लाट भाडामा लिएर ५ जना सडक पेटीमा रहेका आमाबुबा दाइदिदीहरूलाई उद्धार गरेर सुरुवात गरिएको आश्रम आज ७ वटै प्रदेशको १९ वटा जिल्लामा २६ वटा सेवाकेन्द्र स्थापना भएर अहिले देशभरी नै आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीको छहारी बन्न पाइरहँदा गौरवको महसुुुस हुन्छ ।

खुशी लाग्छ । तर अझ गर्न धेरै बाकी लाग्छ । सहयोग अपेक्षित सडक आश्रित अभियान राष्ट्रव्यपापी रूपमा लाने संकल्प अनुरूप लागिरहेका छौँ । भोकै नांगा भएर सडकमा रहेका दिदी, बहिनी दाजुभाईको उद्धार नभएसम्म हाम्रा पाइलाहरू रोकिने छैनन् । हामी निरन्तर रूपमा अगाडि बढिरहने छौँ । मानव मुक्त समाजसेवा निमार्ण भएपछि हामी अन्य प्राणीका लागि पनि हाम्रा पाइलाहरू चलाउने छौँ । बाटोमा हेर्न सक्छौँ गाई दुहुन्जेलसम्म त्यसलाई संरक्षण गर्न तिर लाग्छ । जब गाई बुढो हुन्छ त्यसलाई लावारिसे अवस्थामा छोडिन्छ । त्यस्तै कुकुरको अवस्था पनि छ । उनीहरूको उद्धारकार्यका लागि पनि हामी अगाडि बढ्नेछौँ । नेपाललाई मानव मुक्त समाजको परिकल्पना गर्नछौँ ।

आफूलाई सफल भएको मान्नु हुन्छ ?
आजको यो परिपेक्षमा आइपुग्दा हाम्रो मूल्यांकन त समाजले गर्ला । तर पनि जुन अवस्थामा हामीले सुरुवात गरेका थियौँ, त्यो अवस्थाबाट हेर्दा आज सफल भएको जस्तो लाग्छ । आफूलाई आफूले मूल्याकंन गर्दा हामी खुशी छौँ । आजको यो अवस्थामा आइपुग्दा हामी सफल भएको जस्तो लाग्छ ।

एउटा मोटिभेशनल स्पिकरको हैसियतले युवालाई के सल्लाह दिन चाहान्छु ?
देशको विभिन्न कारणले विदेशिनु पर्ने कारण छ । यो हेर्दा एकदमै पीडादायक अवस्था छ । हामीले विश्वका जति पनि देशलाई हेरौँ । त्यहाँका नागरिकका कारण देश समुद्ध बनेको छ । देशमा राजनीतिक अस्थिरता नभए पनि आशावादी चिन्तनका साथ रचनात्मक सोचका साथ हाम्रा पाइलाहरूलाई निरन्तर अगाडि बढाउनुपर्छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ११ बजे

अमेरिकालाई हराउँदै इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

एजेन्सी – आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा इंग्ल्यान्डले अमेरिकालाई १०

स्वदेशमै उपचार गर्छुभन्दा पनि नपाउने अवस्था छ : नारायणमान बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उपचारको

भीर मौरीको टोकाइबाट १३ घाइते

रुकुम पश्चिम – भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका

इंग्ल्यान्डविरुद्ध अमेरिका एक सय १५ रनमा अलआउट

एजेन्सी – आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा अमेरिकाले इंग्ल्यान्डलाई एक

एकीकृत समाजवादीको महाधिवेशन प्रचार गर्न सांस्कृतिक कार्यक्रम गरिँदै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन प्रचार