सुरक्षा जाँच चौकीलाई लक्षित गरी पाकिस्तानमा बम आक्रमण | Khabarhub Khabarhub

सुरक्षा जाँच चौकीलाई लक्षित गरी पाकिस्तानमा बम आक्रमण


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बारा क्षेत्रमा बम आक्रमण भएको छ । प्रहरी जाँच चौकीलाई लक्षित गर्दै अज्ञात व्यक्तिहरूले बम प्रहार गरेको सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

रमजानको व्रत जारी रहेकाले व्रत तोड्ने समयमा आक्रमण भएको बताइएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले प्रहरी जाँच चौकीलाई लक्षित गरी बम फ्याँकेर भागेको डनले जनाएको छ ।

आक्रमणबाट कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । आक्रमणको जिम्मा हालसम्म कुनै समूहले पनि लिइसकेको छैन ।

यद्यपि पाकिस्तानमा विभिन्न उग्रवादी समूहहरूले यस्ता आक्रमण गर्दै आएका छन् । घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ  ।
 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : ३७ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस