रम्भा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दोहोरिए « Khabarhub

रम्भा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दोहोरिए


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दोहोरिएका छन् ।

नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारी पाँच हजार ५८३ मतसहित दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत ल्याएर हार ब्यहोरे ।

उपाध्यक्षमा पनि एमालेकै राधादेवी श्रेष्ठ पाँच हजार ७१९ मत ल्याएर पुनः निर्वाचित भइन् । उनको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गरे। अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वडा नं १ मा कांग्रेसबाट अध्यक्षमा ईश्वर काफ्ले एक हजार ६४३ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका मनबहादुर मश्राङ्गीले एक हजार ४४४ मत पाए । यहाँ खुला महिला सदस्य र दलित महिला सदस्य एमालेबाट र खुल्ला दुई सदस्य कांग्रेसका विजयी भएका छन् ।

वडा नं २ मा अध्यक्षमा एमालेका चेतबहादुर सुनारी ९३८ मतसहित उनको प्यानल नै निर्वाचित भएको भने प्रतिस्पर्धी कांग्रेसका रमेशप्रसाद प्रसाईले ७३६ मत ल्याए ।

वडा नं ३ मा अध्यक्षमा नेपाली कांग्रेसका थमनबहादुर गाहाको प्यानल नै विजयी भएको छ । उनले एक हजार ४५३ मत ल्याई निर्वाचित भए भने उहाँका प्रतिस्पर्धी एमालेका रेउतबहादुर रानाले एक हजार ४१५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नं ४ मा एमालेकै अध्यक्षमा कृष्णबहादुर रायमाझीको प्यानल नै विजयी भएको छ । उनले ८३४ मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका चेतनारायण श्रेष्ठले ५७७ मत प्राप्त गरे।

वडा नं ५ मा एमालेकै प्यानल निर्वाचित भएको छ । यहाँ खुमकान्त बस्याल एक हजार १४० मतसहित विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका विष्णुबहादुर थापा कामुले ७२६ मत पाए ।

निर्वाचनमा सो गाउँपालिकामा ११ हजार ४५७ मत खसेको थियो । रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो । यही जेठ ६ गते अपराह्नबाट मात्रै मतगणना थालिएको हो । यससँगै जिल्लाका दश पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : १५ बजे

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ – आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा

अमेरिकी डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर