अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी शपथ लगत्तै जापान जाँदै « Khabarhub

अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी शपथ लगत्तै जापान जाँदै


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी – एन्थोनी अल्बानिजले अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्री एन्थोनी आजै क्वाड शिखर सम्मेलनमा सहभागी हुन जापान जाँदैछन् ।

क्वाड राष्ट्रका सदस्यहरु – अमेरिका, भारत र जापानका नेताहरुलाई भेट्न उनी जापानको राजधानी टोकियो प्रस्थान गर्दैछन् । एन्थोनीले नयाँ विदेशमन्त्री पेनी वोङसहित चार प्रमुख मन्त्रिपरिषद् सदस्यहरुसँग सपथ लिएका छन्, जो उनीसँगै टोकियो जानेछन् ।

शनिबार सम्पन्न आम निर्वाचननमा एन्थोनीको लेबर पार्टी विजयी भएको थियो । एन्थोनीले एक्लै बहुमतको सरकार बनाउँछन वा गठनबन्धनको नेतृत्व गर्छन भन्ने बारेमा प्रष्ट पारिएको छैन् ।

झन्डै एक दशकपछि अस्ट्रेलियामा लेबर पार्टीले सरकार गठन गरेको हो । पार्टीले तल्लो सदनमा ७२ सिट जितेको छ । बहुमतको सरकार गठन गर्न ७६ सिट आवश्यक पर्छ ।

 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ९ : १९ बजे

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ