७२७ स्थानीय तहको परिणाम सार्वजनिक, कुन दलले कति जिते ? « Khabarhub

७२७ स्थानीय तहको परिणाम सार्वजनिक, कुन दलले कति जिते ?


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभरका ७२७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगकाअनुसार नेपाली कांग्रेस १३२ मेयर र १८७ अध्यक्ष गरी ३१९ स्थानीय तह जितेर पहिलो शक्ति बनेको छ ।

२०७४ सालको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमाले ७६ मेयर र १२३ अध्यक्ष जितेर दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

नेकपा माओवादी केन्द्रले २४ मेयर र ९६ अध्यक्ष जित्दा नेकपा एकीकृत समाजवादीले ९ पालिका प्रमुख जितेको छ ।

त्यस्तै जसपाले २१ तथा अन्य दल र स्वतन्त्र गरी २५९ तहमा जित हात पारेका छन् ।

हालसम्म ५ महानगरपालिका र २ उपमहानगरसहित २६ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ।

काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा र वीरगंज महानगरपालिका र जनकपुरधान र तुलसीपुर उपमहानगरको मतगणना जारी छ ।

हाल जारी मतगणनाअनुसार नेकपा एमाले र नेपाली कांग्रेस ६-६ स्थानमा, माओवादी केन्द्र र एकीकृत समाजवादी २-२ स्थानमा अघि हुँदा अन्यले ८ ठाउँमा अग्रता लिएका छन् ।

२ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ११ : ४२ बजे

एसीसी प्रिमियर कप फाइनल भिडन्त: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई