मतदाता भेट्न टोलटोलमा पुगे सल्यानका नवनिर्वाचित जनप्रतिनिधि  « Khabarhub

मतदाता भेट्न टोलटोलमा पुगे सल्यानका नवनिर्वाचित जनप्रतिनिधि 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – स्थानीय तहको निर्वाचन -२०७९बाट सल्यानको दार्मा गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि मतदातासँग भेटघाट कार्यक्रम सुरु गरेका छन् । गाउँपालिका अध्यक्ष निमबहादुर केसी लगायतका जनप्रतिनिधिले दार्मा गाउपालिकामा मतदातासँग भेटघाट गरेका छन् ।

शुक्रबार शपथ ग्रहण गरेपछि शनिबारबाट मतदातालाई भेटघाटको कार्यक्रम सुरु गरेको अध्यक्ष केसीले बताए । शनिबार वडा नम्वर २ को ओजाबाङ, पाथिखोला, कौछे, लिगा र वडा नम्बर ४ को रातामाटा, गलात, सउखालि,नकालगाउ,सिङ्गारीकोट, रामिडाडा, पुखात लगायतका स्थानमा गएर मतदाताहरुसँग भेटघाट गरेको अध्यक्ष केसीले बताए ।

भेटका क्रममा अध्यक्षले निर्वाचित भई सकेपछि आफू पार्टीको नभएर समग्र दर्माली जनताको प्रतिनिधि भएकाले सबैलाई समान दृष्टिकोणले हेर्ने दाबी गरे । दार्माको विकासमा यो र त्यो पार्टी नभनेर गुणस्तरीय विकासका लागि काम गर्ने छ,’ उनले भने, दार्मा सल्यान जिल्लाकै विकट बस्ती भएकाले विकासमा पछाडि परेको छ। स्थानीय सरकार भएपछि दार्माले अबको पाँच वर्षमा दार्मा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन आफ्नो टिम लाग्नेछ ।’

पाँच वर्षमा जनताको मतदानलाई नबिर्सेर समृद्ध दार्मा बनाउन लागि पर्नेमा उनले जोड दिए । सबै जनताले आफूलाई विश्वास गरेर फेरि निर्वाचित गराएकाले सबको भावना अनुसार काम गर्ने उनको भनाई छ ।

दार्मामा शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी रोजगारका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १२ : ०३ बजे

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप