बाख्रा चराउन गएकी किशोरी मृत फेला « Khabarhub

बाख्रा चराउन गएकी किशोरी मृत फेला


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन् । 

फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि सशङ्कित उनीहरूले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् । 

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  २ : ४३ बजे

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं – फिफा विश्वकप फुटबलमा मंगलबार चार खेल हुँदैछन् ।

आजको मौसम पूर्वानुमान : मुलुकको मौसम सफा

काठमाडौं – मुलुकमा मौसम उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम

विश्व इतिहासमा आज भएका प्रमुख घटना

काठमाडौं – आज २९ नोभेम्बर। विश्व इतिहासमा आज भएका केही

मुस्ताबाट पचास करोडको स्याउ निकासी

मुस्ताङ – मुस्ताङबाट यस वर्ष पचास करोड मूल्य बराबरको स्याउ

आज मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय