र्‍याप शो ‘ब्याटल भूमि’को घोषणा « Khabarhub

र्‍याप शो ‘ब्याटल भूमि’को घोषणा


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को लोकप्रियता पछि नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने भएको छ ।

निर्माण समूहले नयाँ शोको घोषणा गर्दै बुधबार बेलुकादेखि डिजिटल अडिसन खुला गरिएको जानकारी दिएको छ । अडिसन २ जुलाईसम्म हुनेछ ।

आयोजकका अनुसार डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ ।

सुदिप पोख्रेल र रोशनकुमार श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् । शोमा निर्णायकको रूपमा मानस घले, कवि जी रहेका छन् भने नयाँ एक निर्णायकको चाँडै घोषणा गरिनेछ ।

कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहेका छन् भने सहनिर्मातामा मनोज सापकोटा छन् । साउनबाट ओेएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोको विजेताले पाँच लाख रुपैंयाँसँगै विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : ५० बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले