मधेश प्रदेशमा युवा महोत्सव असार १५ र १६ गते « Khabarhub

मधेश प्रदेशमा युवा महोत्सव असार १५ र १६ गते


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशमा असार १५ र १६ गते मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । मधेश प्रदेश, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको बताए ।

स्रोत साधनको पहुँचमा नभएका, मूलधारमा नसमेटिएका युवाका सीप र दक्षतालाई परिचित गराउन तथा सम्भावनाका मार्गमा अभिमुखिकरण प्रदान गर्न सक्ने लगायतका उद्देश्यले महोत्सवको आयोजना गरिन लागिएको उनले बताए ।

प्रदेशका ८ वटै जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र १२७१ वडासहित ५८ गाउँपालिका गरी १३६ स्थानीय तहलाई महोत्सवका बारेमा सूचना सम्प्रेषण गरिने जानकारी मन्त्रालयका उपसचिव ठुलोबाबु दाहालले जानकारी दिए ।

महोत्सवको पहिलो दिन मधेश प्रदेशमा राजनीति, उद्यम, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवाका विभिन्न क्षेत्रमा अथक रूपमा काम गरेर सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयासरत उदाहरणीय युवाहरूका कथा सुन्ने र संवाद गर्ने कार्यक्रम रहेको छ ।

दोश्रो दिन मधेश प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने र सोको सम्बोधनका लागि साझा प्रतिवद्धता र घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम रहेको उपसचिव दाहालले बताए । महोत्सवको प्राविधिक सहयोग युवालय नामक संस्थाले गरिने उनले बताए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ७ : ५४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका