मधेश प्रदेशमा युवा महोत्सव असार १५ र १६ गते « Khabarhub

मधेश प्रदेशमा युवा महोत्सव असार १५ र १६ गते


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशमा असार १५ र १६ गते मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । मधेश प्रदेश, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको बताए ।

स्रोत साधनको पहुँचमा नभएका, मूलधारमा नसमेटिएका युवाका सीप र दक्षतालाई परिचित गराउन तथा सम्भावनाका मार्गमा अभिमुखिकरण प्रदान गर्न सक्ने लगायतका उद्देश्यले महोत्सवको आयोजना गरिन लागिएको उनले बताए ।

प्रदेशका ८ वटै जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र १२७१ वडासहित ५८ गाउँपालिका गरी १३६ स्थानीय तहलाई महोत्सवका बारेमा सूचना सम्प्रेषण गरिने जानकारी मन्त्रालयका उपसचिव ठुलोबाबु दाहालले जानकारी दिए ।

महोत्सवको पहिलो दिन मधेश प्रदेशमा राजनीति, उद्यम, सामाजिक कार्य, पत्रकारिता तथा सरकारी सेवाका विभिन्न क्षेत्रमा अथक रूपमा काम गरेर सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयासरत उदाहरणीय युवाहरूका कथा सुन्ने र संवाद गर्ने कार्यक्रम रहेको छ ।

दोश्रो दिन मधेश प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने र सोको सम्बोधनका लागि साझा प्रतिवद्धता र घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम रहेको उपसचिव दाहालले बताए । महोत्सवको प्राविधिक सहयोग युवालय नामक संस्थाले गरिने उनले बताए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ७ : ५४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने