भारतमा कोरोनाका १२ हजार संक्रमित फेला « Khabarhub

भारतमा कोरोनाका १२ हजार संक्रमित फेला


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा पछिल्लो २४ घण्टामा कम्तीमा १२ हजार २४९ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ ।

भारतमा बुधबार कोरोनाको संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ । कुल संक्रमितको शून्य दशमलव १९ प्रतिशत सक्रिय संक्रमित छन् ।

राष्ट्रिय कोभिड संक्रमणमुक्त दर ९८ दशमलव ६० प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ८ : १८ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा