माधव नेपालप्रति गोकुल बाँस्कोटाको टिप्पणी : ‘ओली को हो भन्नेलाई मन्त्रीले टेरेनन्’ « Khabarhub

माधव नेपालप्रति गोकुल बाँस्कोटाको टिप्पणी : ‘ओली को हो भन्नेलाई मन्त्रीले टेरेनन्’


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पार्टीबाटै मन्त्री बनेकाहरुलेसमेत  नटेरेको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाललाई कटाक्ष गर्दै बाँस्कोटाले लेखेका छन्, ‘हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने म नेता हुँ नेता भनेर छाती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिदा कस्तो लागेको होला।’ भनेका छन् ।

एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुप्रति लक्षित गर्दै उनले नयाँ मन्त्री बन्न सिफारिस भएका संसद हलमा छिर्दा मन्त्री बाहिर निस्कने मन्त्री संसदहलमा देखेपछि नयाँ मन्त्री बन्न तयार रहेकाहरु बाहिर निस्कने गरेको दृश्य एक सातादेखि नै देखिरहेको बताएका छन् । ‘म्यादी भित्र जाँदा उम्मेदवार बाहिर निस्कने उम्मेदवार मन्त्रीभित्र जाँदा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ।’उनले लेखेका छन् ।

एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ सिफारिस गरिएकाहरूलाई मन्त्री बनाउने निर्णय गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आनाकानी गरिरहेका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ८ : ३१ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा