माधव नेपालप्रति गोकुल बाँस्कोटाको टिप्पणी : ‘ओली को हो भन्नेलाई मन्त्रीले टेरेनन्’ « Khabarhub

माधव नेपालप्रति गोकुल बाँस्कोटाको टिप्पणी : ‘ओली को हो भन्नेलाई मन्त्रीले टेरेनन्’


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पार्टीबाटै मन्त्री बनेकाहरुलेसमेत  नटेरेको टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपाललाई कटाक्ष गर्दै बाँस्कोटाले लेखेका छन्, ‘हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने म नेता हुँ नेता भनेर छाती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिदा कस्तो लागेको होला।’ भनेका छन् ।

एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुप्रति लक्षित गर्दै उनले नयाँ मन्त्री बन्न सिफारिस भएका संसद हलमा छिर्दा मन्त्री बाहिर निस्कने मन्त्री संसदहलमा देखेपछि नयाँ मन्त्री बन्न तयार रहेकाहरु बाहिर निस्कने गरेको दृश्य एक सातादेखि नै देखिरहेको बताएका छन् । ‘म्यादी भित्र जाँदा उम्मेदवार बाहिर निस्कने उम्मेदवार मन्त्रीभित्र जाँदा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ।’उनले लेखेका छन् ।

एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ सिफारिस गरिएकाहरूलाई मन्त्री बनाउने निर्णय गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आनाकानी गरिरहेका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ८ : ३१ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको