टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु « Khabarhub

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको आदर्श चोकनजिक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । मृत्यु भएका अर्का पुरुषको पहिचान खुल्न सकेको छैन ।

भक्तपुरको आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा७९प ७८७६ नम्बरको मोटरसाइकललाई जगातीबाट सूर्यविनायक चोकतर्फ आउँदै गरेको बा४ख ५२९८ नम्बरको टिपरले आज बिहान २ बजे ठक्कर दिएको हो । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको पाण्डेले बताए ।

टिपर चालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ९ : १० बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले