धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आइपुग्ने « Khabarhub

धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आइपुग्ने


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ ।

जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने छन् । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो ।

भारत सरकारको महत्वकांक्षी योजना ‘रामायण सर्किट’मा सञ्चालन हुने सो रेललाई ‘भारत गौरव पर्यटक रेल’ नाम दिईएको छ भने जनकपुर आउने पर्यटकको सुरक्षा प्रबन्धका लागि विशेष ब्यवस्था गरिएको छ ।

भारतीय पर्यटकहरुलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गर्नेछ भने जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा उनीहरुलाई सहभागी गराईनेछ ।

मंगलवार साँझ सफदरगञ्ज, नयाँ दिल्ली रेल स्टेसनवाट प्रस्थान गरेको सो रेल ३ दिनपछि अयोध्या, नन्दीग्राम हुँदै रामायणकालीन स्थानहरुको भ्रमण गरेर शुक्रवार अपरान्ह नेपाल प्रवेश गर्न लागेको हो ।

समय तालिकाअनुसार अपरान्ह १२ बजे जयनगर आईपुग्ने सो रेलले त्यसपछि नेपालको यात्रा तय गर्नेछ । शनिवार पुनः नेपाल भारत फर्कने सो रेलले बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै सफदरगञ्ज पुग्नेछ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १० : ०१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका