महिलाबाट पुरुषमाथि पनि हिंसा हुन्छ, कानुन बनाउँदा सोचौँ : सांसद बिन्दा पाण्डे « Khabarhub

महिलाबाट पुरुषमाथि पनि हिंसा हुन्छ, कानुन बनाउँदा सोचौँ : सांसद बिन्दा पाण्डे


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले महिलाबाट पुरुषमाथि पनि हिंसा हुने घटना देखिएकाले यसबारेमा सोच्नुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन मानवअधिकार समितिको बैठकमा धारणा राख्दै सांसद पाण्डेले यौन हिंसाबारेमा पटक पटक हदम्याद बढाउने कानुन बनाएको स्मरण गराउँदै पुरुष हिंसाका बारेमा पनि सोच्नु पर्ने बेला आएको बताएकी हुन् ।

‘हदम्यादलाई ३५ दिनबाट छ महिनासम्म पुर्‍यायौँ , ६ महिनाबाट एक वर्ष पुर्‍यायौँ , यसले पनि भएन, अब जहिले सुकै र जसले पनि उजुरी दिन पाउने गरी न्यायको ढोका सधैँका लागि खुला गरौँ, पुरुषमाथि भएका हिंसाका बारेमा पनि व्यवस्था गरौँ,’ उनले भनिन् ।

उनका अनुसार उजुरी परेपछि छानबिन गर्दा भएको के हो ? पत्ता लाग्ने भएकाले हदम्याद राख्न नहुने उनको तर्क छ । सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा यस्तो अपराध गरेको व्यक्तिलाई त्यस्तो पदमा राख्न नहुने जनाउँदै पाण्डेले भनिन्, ‘त्यस्ता व्यक्तिलाई भविष्यमा पनि कुनै सार्वजनिक पदमा अयोग्य हुने व्यवस्था गरौँ ।’

पीडित पक्षलाई राज्यले नै क्षतिपूर्ति दिलाउनुपर्ने उल्लेख गर्दै सांसद पाण्डेले शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी तथा बालबालिकाको हकमा बिचल्ली परेमा पालनपोषणको जिम्मा राज्यले लिनुपर्ने प्रस्ताव गरेकी छिन् ।

‘पीडकलाई कारबाही गरेपछि त्यसबापतको प्राप्त जरिवाना पीडितलाई दिनेभन्दा पीडितको आत्मसम्मानमा ठेस लाग्न सक्छ, पैसा लिएको कि न्याय ? भन्ने हुन सक्छ,’ उनले भनिन्, ‘त्यस कारण पीडितलाई क्षतिपूर्ति राज्य कोषबाटै नै दिनुपर्छ ।’

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १ : ३२ बजे

विश्वकपकै सर्वाधिक गोलकर्ता बने एमबाप्पे

काठमाडौँ – किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२ गोलको कीर्तिमान

साकाको ह्याट्रिकमा इङ्गल्यान्ड बन्यो विश्वकपमा तेस्रो : फ्रान्स ६–४ ले पराजित

काठमाडौँ – बुकायो साकाको उत्कृष्ट ह्याट्रिकको मद्दतले फ्रान्सलाई ६–४ ले

आज २०८३ साल साउन ३ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३ गते आइतबार सन् २०२६

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज