श्रीलंकाली प्रधानमन्त्रीद्वारा अर्थतन्त्र ‘पूर्ण रुपमा टाट पल्टेको’ घोषणा « Khabarhub

श्रीलंकाली प्रधानमन्त्रीद्वारा अर्थतन्त्र ‘पूर्ण रुपमा टाट पल्टेको’ घोषणा


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गरेका छन् । संसद्‍मा सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गरेका हुन् ।

‘हाम्रो अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टेको छ ।’ विक्रमासिंघेलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

विदेशी मुद्रा सञ्चितीको चरम अभाव रहेको श्रीलंकामा खाद्यान्न, इन्धन, विद्युत्, खानेपानीजस्ता अत्यावश्यक वस्तुको हाहाकार रहेको बताइएको छ ।

यो संकट सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब रहेको बताइन्छ । उनले संसद्मा मुलुकले अभावभन्दा ‘धेरै गम्भीर अवस्था’ को सामना गरिरहेको बताउँदै यो अझै खस्केर ‘पानी मुनी’ पुग्ने सम्भावना रहेको समेत टिप्पणी गरेको गार्जियनले जनाएको छ ।

उनको टिप्पणी विपक्षीतर्फ लक्षित रहेको बताइएको छ । मुलुकको अवस्था अत्यन्त भयावह रहेको र यो समस्याको हल निस्कन समय लाग्ने संकेतस्वरुप विक्रमासिंघेले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने टिप्पणी गरिएको छ ।

‘उनले मानिसहरुको अपेक्षालाई अत्यन्त साँघुरो बनाइरहेका छन् ।’ अमेरिकाको राजधानी वाशिंटन डिसीमा रहेको सेन्टर फर ग्लोबल डेभलपमेन्ट नामक संस्थाका अर्थशास्त्री अनित मुखर्जीले भने ।

यसबाहेक उनको टिप्पणी ऋणदाता मुलुक एवम् संस्थाहरुतर्फ पनि लक्षित रहेको टिप्पणी गरिएको छ । ‘यतिको रणनीतिक रुपमा महत्वपूर्ण मुलुकलाई टाट पल्टिन दिनु हुन्न ।’ अत्यन्त व्यस्त पानीजहाज मार्गमा अवस्थित श्रीलंकाको ठूलो रणनीतिक महत्व रहेको बताउँदै मुखर्जीले भने ।

श्रीलंकाको अर्थतन्त्र विशाल वाह्य ऋण, पर्यटन क्षेत्रको गिरावट, महामारीपछि उत्पन्न लकडाउन र यसबाट आपूर्ति सिलसिलामा पर्न गएको असर, विश्व बजारमा इन्धनको बढ्दो मूल्यवृद्धि लगायतका कारण संकटग्रस्त बन्न पुगेको जानकारहरु बताउँछन् ।

यसबाट श्रीलंकामा ग्यास, खानेकुरा, टोइलेट पेपर, दूध लगायतका अत्यावश्यक वस्तुको आयात गर्न पैसा नरहेको बताइएको छ ।

एक महिनाअघि प्रधानमन्त्री बनेका विक्रमासिंघेले मुलुकको अर्थतन्त्र उकास्ने बाचा पूरा गर्न नसकेको भन्दै त्यहाँका दुई महत्वपूर्ण विपक्षी पार्टीहरुले संसदीय सत्र बहिष्कार गरेका छन् ।

उनले आफ्नो मुलुकको आयल निगरमले विदेशी साहूसँगको उधारो तिर्न बाँकी रहेको भन्दै आयातित इन्धन खरिद गर्न नसकेको समेत जानकारी गराएका छन् । उनका अनुसार सिलोन पेट्रोलियम कर्पोरेसन ७० करोड अमेरिकी डलर ऋणमा छ ।

‘परिणामस्वरुप विश्वका कुनै पनि मुलुक वा संस्थाले हामीलाई इन्धन दिन चाहिरहेका छैनन् । उनीहरु नगद मै पनि इन्धन दिन हिचकिचाइरहेका छन्’ उनले भने ।

यस संकटबाट श्रीलंकाली मध्यमवर्ग प्रभावित हुन थालेको बताइएको छ । श्रीलंकाको सहरी जनसंख्याको १५ देखि २० प्रतिशत मध्यमवर्गीय रहेको द गार्जियनले जनाएको छ । सन् १९७० मा आर्थिक उदारीकरणपछि त्यहाँ मध्यमवर्गको उदय हुन थालेको बताइन्छ ।

पछिल्लो केही समयसम्म त्यहाँको मध्यमवर्गले आर्थिक सुरक्षाको प्रत्याभूति गरिरहेको भएपनि हाल उनीहरु दैनिक छाक टार्नै समस्यामा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १ : ४५ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका