श्रीलंकाली प्रधानमन्त्रीद्वारा अर्थतन्त्र ‘पूर्ण रुपमा टाट पल्टेको’ घोषणा | Khabarhub Khabarhub

श्रीलंकाली प्रधानमन्त्रीद्वारा अर्थतन्त्र ‘पूर्ण रुपमा टाट पल्टेको’ घोषणा


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गरेका छन् । संसद्‍मा सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गरेका हुन् ।

‘हाम्रो अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टेको छ ।’ विक्रमासिंघेलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

विदेशी मुद्रा सञ्चितीको चरम अभाव रहेको श्रीलंकामा खाद्यान्न, इन्धन, विद्युत्, खानेपानीजस्ता अत्यावश्यक वस्तुको हाहाकार रहेको बताइएको छ ।

यो संकट सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब रहेको बताइन्छ । उनले संसद्मा मुलुकले अभावभन्दा ‘धेरै गम्भीर अवस्था’ को सामना गरिरहेको बताउँदै यो अझै खस्केर ‘पानी मुनी’ पुग्ने सम्भावना रहेको समेत टिप्पणी गरेको गार्जियनले जनाएको छ ।

उनको टिप्पणी विपक्षीतर्फ लक्षित रहेको बताइएको छ । मुलुकको अवस्था अत्यन्त भयावह रहेको र यो समस्याको हल निस्कन समय लाग्ने संकेतस्वरुप विक्रमासिंघेले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने टिप्पणी गरिएको छ ।

‘उनले मानिसहरुको अपेक्षालाई अत्यन्त साँघुरो बनाइरहेका छन् ।’ अमेरिकाको राजधानी वाशिंटन डिसीमा रहेको सेन्टर फर ग्लोबल डेभलपमेन्ट नामक संस्थाका अर्थशास्त्री अनित मुखर्जीले भने ।

यसबाहेक उनको टिप्पणी ऋणदाता मुलुक एवम् संस्थाहरुतर्फ पनि लक्षित रहेको टिप्पणी गरिएको छ । ‘यतिको रणनीतिक रुपमा महत्वपूर्ण मुलुकलाई टाट पल्टिन दिनु हुन्न ।’ अत्यन्त व्यस्त पानीजहाज मार्गमा अवस्थित श्रीलंकाको ठूलो रणनीतिक महत्व रहेको बताउँदै मुखर्जीले भने ।

श्रीलंकाको अर्थतन्त्र विशाल वाह्य ऋण, पर्यटन क्षेत्रको गिरावट, महामारीपछि उत्पन्न लकडाउन र यसबाट आपूर्ति सिलसिलामा पर्न गएको असर, विश्व बजारमा इन्धनको बढ्दो मूल्यवृद्धि लगायतका कारण संकटग्रस्त बन्न पुगेको जानकारहरु बताउँछन् ।

यसबाट श्रीलंकामा ग्यास, खानेकुरा, टोइलेट पेपर, दूध लगायतका अत्यावश्यक वस्तुको आयात गर्न पैसा नरहेको बताइएको छ ।

एक महिनाअघि प्रधानमन्त्री बनेका विक्रमासिंघेले मुलुकको अर्थतन्त्र उकास्ने बाचा पूरा गर्न नसकेको भन्दै त्यहाँका दुई महत्वपूर्ण विपक्षी पार्टीहरुले संसदीय सत्र बहिष्कार गरेका छन् ।

उनले आफ्नो मुलुकको आयल निगरमले विदेशी साहूसँगको उधारो तिर्न बाँकी रहेको भन्दै आयातित इन्धन खरिद गर्न नसकेको समेत जानकारी गराएका छन् । उनका अनुसार सिलोन पेट्रोलियम कर्पोरेसन ७० करोड अमेरिकी डलर ऋणमा छ ।

‘परिणामस्वरुप विश्वका कुनै पनि मुलुक वा संस्थाले हामीलाई इन्धन दिन चाहिरहेका छैनन् । उनीहरु नगद मै पनि इन्धन दिन हिचकिचाइरहेका छन्’ उनले भने ।

यस संकटबाट श्रीलंकाली मध्यमवर्ग प्रभावित हुन थालेको बताइएको छ । श्रीलंकाको सहरी जनसंख्याको १५ देखि २० प्रतिशत मध्यमवर्गीय रहेको द गार्जियनले जनाएको छ । सन् १९७० मा आर्थिक उदारीकरणपछि त्यहाँ मध्यमवर्गको उदय हुन थालेको बताइन्छ ।

पछिल्लो केही समयसम्म त्यहाँको मध्यमवर्गले आर्थिक सुरक्षाको प्रत्याभूति गरिरहेको भएपनि हाल उनीहरु दैनिक छाक टार्नै समस्यामा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १ : ४५ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न