देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री « Khabarhub

देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौँमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रधानमन्त्री देउवाले विभिन्न भाषा, साहित्य, दर्शन र समाजशास्त्रको संरक्षणमा पनि प्रतिष्ठानले योगदान पुर्‍याउँदै आएको भन्दै सरकार पनि यसको प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताएका हुन्।

मुलुकको नयाँ रूपान्तरणसँगै बहु जातीय, बहुभाषिक सम्बोधन गर्ने गरी कृतिहरू, प्रचलित भाषा, साहित्य, संस्कृति र भूगोल तिनीहरूको एकता बढाउन सिर्जनशील कार्य गरेको भन्दै उनले प्रतिष्ठानको प्रशंसा गरे। नेपालको प्राज्ञिक गरिमालाई अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा लैजान प्रतिष्ठानले खेलेको भूमिकोको उनले स्मरण गरे ।

प्रधानमन्त्री देउवाले आगामी दिनमा संस्थाको गतिविधिलाई घनिभूत रूपमा अघि बढाउन र भाषा संस्कृतिको संरक्षण गर्न थप योगदान पुराउने विश्वास व्यक्त गरे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण र नेपाली बृहत् शब्दकोश डिजिटल प्रणालीको कामले नेपालको संस्कृति थप उजागर हुने बताए।

उनले साहित्य र संस्कृतिसँग जोडिएका विभिन्न प्रतिष्ठानहरूलाई गत वर्षको तुलनामा यस पटकको बजेटमा उपेक्षा गरिएको गुनासो गरे। उनले थप कृति र रचना प्रकाशित गर्न थप बजेटको आवश्यकता पर्ने धारणा राखे।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  २ : १८ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो