विक्रमासिंघेको बाध्यता - जनअपेक्षा पूरा गर्न नसकेपछि अर्थतन्त्र 'टाट पल्टेको' घोषणा | Khabarhub Khabarhub

विक्रमासिंघेको बाध्यता – जनअपेक्षा पूरा गर्न नसकेपछि अर्थतन्त्र ‘टाट पल्टेको’ घोषणा


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले अर्थतन्त्र ‘पूर्ण रुपमा टाट पल्टेको’ घोषणा गरे । मुलुकको गिर्दो अर्थतन्त्रलाई सुदृढ बनाउने बाचासहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गर्नुलाई निकै चासोपूर्वक हेरिएको छ ।

विक्रमासिंघेले अपेक्षा अनुसार अर्थतन्त्रलाई उकास्न असफल भएको आरोप पनि लाग्न थालेको छ । विक्रमासिंघेको कामप्रति असन्तुष्टि जनाउँदै श्रीलंकाका दुई प्रभावशाली विपक्षी दलहरुले संसदीय बैठक समेत वहिष्कार गरेका छन् ।

उनले आफ्नो मुलुकको आयल निगमले विदेशी साहूसँगको उधारो तिर्न बाँकी रहेको भन्दै आयातित इन्धन खरिद गर्न नसकेको समेत संसदलाई जानकारी गराएका छन् । उनका अनुसार सिलोन पेट्रोलियम कर्पोरेसन ७० करोड अमेरिकी डलर ऋणमा छ ।

‘परिणामस्वरुप विश्वका कुनै पनि मुलुक वा संस्थाले हामीलाई इन्धन दिन चाहिरहेका छैनन् । उनीहरु नगद मै पनि इन्धन दिन हिचकिचाइरहेका छन्’ उनले भने ।

पछिल्ला केही सातामा श्रीलंका सरकारले अर्थतन्त्रलाई सही मार्गमा ल्याउन कठोर कदमहरु चालिरहेको छ । हालैमात्र श्रीलंकाले मुलुकमा इन्धनको जोहो गर्न भन्दै सातामा चार दिन काम गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । यद्यपि यस्ता कदमले तत्कालै त्यहाँको अर्थतन्त्रमा कुनै सुधार आउने सम्भावना न्यून रहेको विश्लेषण गरिएको छ ।

मुलुकका धेरै सहरहरुमा सयाँै मानिसहरु इन्धन खरिद गर्नका लागि लामो लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ भने इन्धन लिन लाइनमा बसेका सर्वसाधारण र सुरक्षाकर्मीबीच बेलाबेला झडप समेत हुँदै आएका छन् ।

रेलसेवा सञ्चालनमा पनि कटौती गरिएको छ भने आर्थिक संकटका कारण खाद्यान्न एवम् औषधि जस्ता अत्यावश्यक वस्तुको हाहाकार देखिएको छ ।

यस्तो अवस्थामा गत महिना श्रीलंकाको नयाँ प्रधानमन्त्री बनेका विक्रमासिंघेमाथि ठूलो दबाब रहेको बताइन्छ । विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गर्नुलाई निकै चासोपूर्वक हेरिएको छ ।

मुलुकको अवस्था सोचेभन्दा अत्यन्त भयावह रहेको र यो समस्याको हल निस्कन समय लाग्ने संकेतस्वरुप विक्रमासिंघेले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने टिप्पणी गरिएको छ ।

‘उनले मानिसहरुको अपेक्षालाई अत्यन्त साँघुरो बनाइरहेका छन् ।’ अमेरिकाको राजधानी वाशिंटन डिसीमा रहेको सेन्टर फर ग्लोबल डेभलपमेन्ट नामक संस्थाका अर्थशास्त्री अनित मुखर्जीले बेलायती अखबार द गार्जियनलाई भने ।

यसबाहेक उनको टिप्पणी ऋणदाता मुलुक एवम् संस्थाहरुतर्फ पनि लक्षित रहेको टिप्पणी गरिएको छ । ‘यतिको रणनीतिक रुपमा महत्वपूर्ण मुलुकलाई टाट पल्टिन दिनु हुन्न ।’ अत्यन्त व्यस्त पानीजहाज मार्गमा अवस्थित श्रीलंकाको ठूलो रणनीतिक महत्व रहेको बताउँदै मुखर्जीले भने ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ४ : ३३ बजे

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ