नेपाल राष्ट्र बैंकद्वारा असर्फीको मूल्य वृद्धि « Khabarhub

नेपाल राष्ट्र बैंकद्वारा असर्फीको मूल्य वृद्धि


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । आज नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो । बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरिद, टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी तथा बिक्रीसम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्दै असर्फीको मूल्य बढाएको हो ।

संशोधन कार्यविधिअनुसार यसअघि प्रतिग्राम रु दुई सयका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण हुँदै आएकामा रु एक सयले बढाएर प्रतिग्राम असर्फीको मूल्य रु तीन सय बनाइएको छ । यस्तै संशोधित व्यवस्थाले सर्वसाधारण बाहेक सङ्गठित तथा निजी क्षेत्रका संस्थागत खरिदकर्ताबाट प्रयोजन खुलाई न्यूनतम २० थान असर्फी माग भई आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा विभागीय निर्णयबाट बिक्री गरिने छ ।

यसरी बिक्री गर्दा जर्ती लगायतको लागतबापत प्रतिग्राम रु पाँच सय थप गरी बिक्री मूल्य निर्धारण गरिने भएको छ । हाल रु तीन सय थप गरिँदै आएको थियो । यही असार ५ गते बसेको राष्ट्र बैंक सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ५ : १५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब