शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस ‘२०२२’ हुने « Khabarhub

शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस ‘२०२२’ हुने


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२२ हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछिको दिशानिर्देश तथा मनोरञ्जन गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको स्कुलकी मार्केटिङ एण्ड एडमिसन चिफ आरती आचार्यले बताएकी छिन् । 

कार्यक्रम शनिबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म स्कुल परिसरमा हुनेछ । कार्यक्रममा काठमाडौं, ललितपुर अनि भक्तपुरलगायतका विभिन्न जिल्लाबाट एसईई दिएर बसेका विद्यार्थी सहभागी हुने आशा गरिएको छ । कार्यक्रममा सहभागिताका लागि निःशुल्क बसकोसमेत व्यवस्था मिलाइएको छ । काठमाडौंको लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमिको लागि थिमि चोकमा बिहान १० बजे पुगेर स्कुलको बसमा चढेर निःशुल्क रूपमा आउनसक्ने व्यवस्था मिलाइएको छ । 

भक्तपुरको सवालमा भने दिनभरि नै प्रत्येक आधा-आधा घण्टाको फरकमा पाण्डुबजारबाट स्कुलको गाडी चढेर आउनसक्ने व्यवस्था मिलाइएको स्कुलले जनाएको छ । कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । यसका लागि विद्यार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएर आउनुपर्ने जनाइएको छ ।  

कार्यक्रममा विद्यार्थीलाई एसईईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारीसहित मनोरञ्जनको कार्यक्रम तय गरिएको छ । कार्यक्रमको  क्रममा कसप्ले कम्युटिशन, आर्ट सेसन  हुने जनाइएको छ । साथै क्यारिअर काउन्सलिग, स्कुल टुर, फुड स्टल, फन गेम एण्ड मोर हुने जनाइएको छ । यस क्रममा फ्रि स्टलहरू पनि हुने जनाइएको छ । 

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ५ : ५९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका